महिला माथि दमक प्रहरीबाट दुर्व्यवहारकाे आरोप (भिडियाे सहित)

३ साउन २०७९/सारासन्देश समाचार
झापाको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक दिलिपराज गिरीले महिला माथि ज्यादती गरेको आरोप लगाइएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटि झापाले आज पत्रकार सम्मेलन गर्दै महासंघकी स्वास्थ्य विभाग सचीव अम्बिका प्रसाई थापालाई धम्कीपूर्ण भाषा र दुर्व्यवहार गरेको आरोप लगाएकोछ । रातको समयमा होस्टेलमा छोरा लिन जाँदा प्रहरीले धकेल्ने, जर्वजस्ती चाँबी खोस्ने र जनिवारा काटेर स्कुटी लान्छु भन्दा पनि नदिने र समस्यामा पार्ने काम गरेको भन्दै प्रहरी मेरो साथी भन्ने नाराको अपमान गरेको महासंघले आरोप लगाएको छ । महासंघले विज्ञप्ती समेत वितरण गर्दै प्रहरीकै संलग्नता हाे कि के कारणले हाे दमक क्षेत्रमा जुवा, तास, याैनधन्दा लगायतका अन्य सामाजिक अवान्छनीय गतिविधि राेकिनुकाे सट्टा थप बढ्दै गएकाे बताइएकाे छ ।


नेपाल खेलकुद महासंघ जिल्ला कमिटि झापाका अध्यक्ष भवानी बराल र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि झापाका अध्यक्ष सम्भु भण्डारीलेले हस्ताक्षर गरेको प्रेश विज्ञप्ती समेत वितरण गर्दै सम्मेलनमा नेतृत्वले दमक प्रहरीले पछिल्लो समय नागरिकको सुरक्षामा भन्दा पनि सामाजिक अबान्छनीय गतिविधिलाई संरक्षण गरी नगरबासीलाई धम्काउने र राजैतिक प्रतिशोध साँध्ने खालका कार्य गरेको आरोप लगाएका छन् ।


यता प्रनाउ गिरीले भने आफूले त्यस्तो कुनै पनि व्यवहार नगरेको बताएका छन् । उहाँले बरु उल्टै आफू माथि महिलाका श्रीमान् खेलकुद महासंघ प्रदेश नम्बर १ का अध्यक्ष राजकुमार थापाले धम्की दिएको बताएका छन् । रातको समयमा जाँच चेक गर्नेक्रममा महिलाले आवश्यक कागजात नबोकेको कारणले स्कुटी नियन्त्रणमा लिएको हो । अन्य कुनै पनि हिंसाजन्य काम नगरेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा पछिल्लो समय दमकमा जुवा तास, मेला जस्ता गतिविधि बढिरहेको वेला प्रहरीले कुनै कार्वाही गर्न नसकेकाले प्रहरीकै मिलोमतो हुने सक्ने भन्दै तत्काल यस्ता कार्यमा प्रहरीले नियन्त्रण गर्न थाल्नु पर्ने पत्रकार सम्मेलनमा माग गरिएको छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४५७ जना संक्रमित थपिएः १ जनाकाे मृत्यु
Next post नेपालमा आज ३५७ जना संक्रमित थपिदाँ ६२ जना निकाे