भारतकाे १५औं राष्ट्रपतिमा आदिवासी समुदायबाट महिला मुर्मु विजयी

५ साउन २०७९, नयाँदिल्ली– भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित हुनु भएकाे छ । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुनुहुन्छ । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहनु भएकी साहित्यमा कविता विधामा समेत लाग्नु भएकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उहाँले कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा विजयी बन्नु भएकाे हाे ।  उहाँलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मत मूल्य चाहिएकोमा ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी बन्नु भएकाे हाे । भाजपाले आदिवासी समुदायबाट त्यसमाथि महिलालाई अघि सारेपछि विपक्षी दलहरुलाई अप्ठ्यारो परेको थियो । भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गर्नु भएकाे छ । उहाँका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गर्नु भएकाे छ । भारतकाे उडिसामा २० जुन १९५८ मा जन्मनु भएकी मुर्मुले कलामा स्नातकसम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४३५ जना संक्रमित थपिदाँ ५६ जना निकाे
Next post नेपालमा आज ४५६ जना संक्रमित थपिदाँ ८० जना निकाे