झण्डै एक महिना देखि बाढी पीडितहरु समस्यामाःधमाधम बाँसकाे बाँध निर्माण गरिँदै (फाेटाे फिचर सहित)

६ साउन २०७९/डिकेश लामा

असार १२ गते आएको बाढीले झापामा विस्थापित बनेका कतिपय परिवार अझै समस्या रहेका छन् । बाढीले डुवाएको बस्तीमा पानी र हिलो नसुकेकाले विस्थापितहरुको गाँस वासमा समस्या भएको उनीहरुले बताएका छन् । अझै पानी पर्दा बाढीको पानी छिर्ने भएकाले घरमा सहज बसोवास हुन सकेको छैन ।

गौरादह नगरपालिका वडा नं. ५ को डुवुवाटोली बस्तीमा अझै पनि दुई दर्जन बढी घर परिवार पानी र हिलोमा डुवेका छन् । झण्डै २ साता सम्म बाहिर अर्काको घरमा डेरा गरी बसेर फर्किका बाढी पीडितहरु अझै पनि गाँस, बास, कपासको समस्यामा परेको उनीहरुले बताएका छन् । बस्ती क्षेत्र वरिपरी पानी र हिलो भएकाले खानेपानी देखि पशु चौपायको उचित व्यवस्थापनमा समेत समस्या भएको स्थानीय चम्पा शर्माले बताउनु भयो ।

यस बर्ष रतुवा खोलामा आएको बाढीले गौरादह क्षेत्रमा सवै भन्दा धेरै क्षति पुर्याएको छ । सयौं घर परिवार डुवान परेर विस्थापित बनेकाहरु विस्तारै आफ्ना घर फर्किन थालेका छन् । तर अझै पनि बाढी र पानी आउँदा समस्या हुने खतरा बढेकाले बाढी छेक्ने प्रयासमा आफूहरु जुटेको गौरादह नगरपालिका बाढी पीडित क्षेत्र वडा नं. ६ का वडाअध्यक्ष तोयानाथ प्रसाईले बताउनु भयो । प्रसाईका अनुसार बाँसको बाँध निर्माणले बर्षा भरी रोके हिउँदमा स्थायी बाँध निर्माणमा जोड दिन सकिने बताउनु भयो ।

गौरादह नगरपालिका वडा नं. ६ को तेलियाडाँगी, टँगुवा, चप्रामारी, दामुना लगायतका केही बस्तीहरुमा डुवान र कटान भएको छ । यतिखेर बस्ती बचाउँन गौरादह नगरपालिकाले जनताको तटबन्ध कार्यक्रमको सहयोगमा धमाधम बाँसको बाँध निर्माण गर्न थालेको छ । बाढी पसेको बस्तीमा अझै पनि उचित गाँस, बास र कपासको व्यवस्था हुन सकेको छैन । खानेपानी देखि आवासमा नै समस्या भएकाले उनीहरुको उचित बसोवासमा सहयोग गर्न बाढी पीडितहरुले माग गरेका छन् ।

यस बर्षको बाढीले जिल्लामा धेरै क्षति भएको क्षेत्र गौरादहको विभिन्न स्थानमा बाँसको बाँध निर्माण गर्न थालेसँगै विस्थापितहरु घर फर्कन थालेका छन् । झापा र मोरङ्गको सिमानामा बग्ने रतुवा नदिले यस बर्ष दक्षिणी भागमा धेरै क्षेत्रका कटान तथा डुवान गरेको छ । समयमा आवश्यक बजेट नभएकै कारण जोखिम क्षेत्रमा पनि बाँध निर्माण हुन नसक्दा समस्या आएको जिल्लामा नदि नियन्त्रणमा कार्य गर्दै आएको जनताको तटबन्ध कार्यक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार गत बर्षदेखि आपतकालिन बजेट समेत कटौती गरेपछि जोखिम क्षेत्रमा तत्काल काम गर्न नसक्दा बर्षा १० लाखमा बस्ती जोगाउन क्षेत्रमा धेरै कटान भएर हिउँदमा करोडौं रकम खर्च गर्नु अवस्था सृजना भएको छ ।  कतिपय स्थानकाे बाढी प्रभावित क्षेत्रमा बाँध नहुँदा खोला सिधै बस्ती पस्ने जोखिममा रहेको छ । बस्ती बचाउनलाई सकेसम्म प्रयास थालिएको बाढी प्रभावित क्षेत्र गौरादह नगरपालिका वडा नं. ६ की महिला सदस्य टिकादेवी श्रेष्ठले बताउनु भयो । तर हिउँदमा स्थायी बाँध नबनाएसम्म गाैरादहकाे वडा नं. ५ र ६ का दर्जन बढी बस्ती उच्च जाेखिममा रहेकाे उहाँले बताउनु भयाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४५६ जना संक्रमित थपिदाँ ८० जना निकाे
Next post नेपालमा आज ३३५ जना संक्रमित थपिदाँ ८६ जना निकाे