झापामा ड्राइगन खेतीमा आकार्षण बढ्दाेः यस बर्ष मात्र ८ विगाह क्षेत्रमा विस्तार (फाेटाे फिचर)

७ साउन २०७९/डिकेश लामा

झापामा नयाँ फलफुलको रुपमा ड्राइगन फल खेती तर्फ किसानको आकार्षण बढ्न थालेको छ । पछिल्लो २ बर्ष देखि व्यवसायिकरुपमा थालिएको ड्राइगन खेती सफल समेत बन्दै गएको खेतीमा लागेका किसानले बताएका छन् । झापाको अर्जुनधारा वडा नं. ११ का कृष्ण गौतम्ले झण्डै ६ लाख रुपयाँको लगानीमा जिल्लामा नयाँ फलफुल खेतीको रुपमा ड्राइगन खेती थाल्नु भएको छ । कृषि ज्ञान केन्द्रले यस पटक खेतीमा ३ लाख रुपयाँ अनुदान दिए पछि नयाँ खेती शुरुवात गरेको उहाँले बताउनु भयो । गौतम्का अनुसार यस अघि कागती खेतीको विऊ उत्पादनमा काम गरेको भए पनि भने जस्तो व्यवसाय हुन नसके पछि दिर्घकालिन रुपमा संचालन गर्न ड्राइगन खेतीमा लागेको बताउनु भयो । उहाँले भविष्यमा जुस समेत निर्माण गर्ने उदेश्यमा खेती थालिएको बताउनु भयो ।

औषधीको रुपमा समेत प्रयोग हुने ड्राइगन फल झापामा अहिले स्थानीय बजारमै खपत हुने गरेको छ । परिक्षणको रुपमा थालिएको ड्राइगन फल राम्रो उत्पादन हुने देखिएको ३ बर्ष देखि खेतीमा लाग्नु भएकी बुद्धशान्ति १ ब्रम्हकमल बगैंचाकी संचालक प्रतिमा पोखरेलले बताउनु भयो । लामो समय सरकारी कर्मचारीको रुपमा कार्य गरेर कृषिमा लाग्नु भएकी उहाँले बगानमा विभिन्न प्रकारका अन्य खेती पनि गर्नु भएको छ । उहाँको श्रीमान् कृष्ण पोखरेल उपसचीव पदबाट रिटार्य भई फलफुल खेतीमा लाग्नु भएको हो । श्रीमान्को मेहेनतमा आफूले पनि सहयोग गरेको उहाँले बताउनु भयो । पछिल्लो समय घरबाटै ड्राइगन फल प्रसस्त विक्री हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र झापाले फलफुल तथा बगैंचा स्थापनका लागि बर्षेनी अनुदान कार्यक्रम संचालन गर्दै आएको छ । यस बर्ष मात्रै ४ वटा व्यवसायिक वगैंचामा ३० लाख रुपयाँ अनुदान दिएर ड्राइगन खेतीलाई थप विस्तार गरिएको केन्द्रका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार केही बर्षमा झापामा ड्राइगन फलको उत्पादन राम्रो हुने संभवना देखेको बताउनु भयो ।

झापामा २ बर्ष देखि व्यवसायिकरुपमा ड्राइगन फल खेती थालिएको छ । झण्डै १२ हेक्टर हाराहारीमा खेती हुँदै आएको ड्राइगन खेती यस बर्ष मात्रै अनुदानबाट ५ हेक्टरमा विस्तार गरिएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३३५ जना संक्रमित थपिदाँ ८६ जना निकाे
Next post नेपालमा आज ३४७ जना संक्रमित थपिदाँ ९५ जना निकाेः २ जनाकाे मृत्यु