प्रतिनिधि र प्रदेशसभा सदस्यकाे निर्वाचन आगामी मंसीर ४ गते हुनेः यस पटक झण्डै १० लाख मतदाता बढ्ने

१९ साउन २०७९,  काठमाडौं– सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने मिति तय गरेसँगै निर्वाचन आयोगले तयारी सुरु गरेको छ ।

आयोगले निर्वाचन तयारी लगायतका विषयमा जानकारी दिन आज दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आयोगले भोलिदेखि मतदाता नामावली संकलन कार्यक्रम स्थगित गर्ने जनाएको छ । आयोगले सम्भवतः भोलिदेखि नै दल दर्ता गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने सम्भावना रहेको आकलन गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताभन्दा १० लाख मतदाता बढ्ने अनुमान गर्नु भएकाे छ  । हिजोसम्म प्राप्त तथ्यांकअनुसार अघिल्लो निर्वाचनामा १ करोड ७७ लाख मतदाता रहेकोमा आगामी निर्वाचनमा १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान छ । करिब १० लाख मतदाता बढ्ने आ‍कलन गरिएकाे छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर ४ गतेलाई अर्जुनदृष्टिमा राखेर आयोगले काम गर्ने उहाँले बताउनु भयाे ।  १ सय ७ दिनको अवधि भए पनि निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तयारी गरिसकेकाे उहाँले बताउनु भयाे । यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै सकिने बताएका छन् । उहाँले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्ने पनि बताउनु भएकाे छ । यस पटक छुट्टाछुट्टै मत पत्र तयार गरिने भएकाले मत बदर हुने संभवना कम हुने बताउनु भयाे ।

यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको बताउनु भयाे । आयोगले जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित गर्ने भएको छ । प्रवक्ता पौडेलले अनलाइनबाट फारम भएकाहरूको हकमा भने आवेदन दिइसकेकाहरूका लागि २१ गतेसम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७६० नयाँ संक्रमित थपिए
Next post नेपालमा आज ९१२ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु