भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

२६ साउन २०७९,काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो । साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रवक्ता पौडेलका अनुसार नरेश पौडेलसहित पाँचजनाले शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गरी केसीविरुद्ध रिट दर्ता गर्नुभएको हो । उक्त रिटमाथि साउन ३० गते सोमबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

अध्यक्ष पदका लागि १० जना आका‌ंक्षी थिए । १० जनको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५ जनाकाे मृत्युः ८१५ जना नयाँ संक्रमित
Next post नेपालमा आज ७८१ जना संक्रमितः २ जनाकाे मृत्यु