डिकमान सुनुवार विरही स्मृति बर्षाेत्कृष्ट पत्रकारिता पुरस्कार शिवाकोटीलाई

२७ साउन २०७९, सारासन्देश समाचार– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फाेनिज झापाले यस वर्षकाे डिकमान सुनुवार विरही स्मृति बर्षाेत्कृष्ट पत्रकारिता पुरस्कार भीमा शिवाकोटीलाई प्रदान गरेकाे छ । महासंघकाे २३ ओै स्थापना दिवसकाे अवसर पारेर पुरस्कार वितरण तथा १० ओै बार्षिक साधारणसभामा नारी सञ्चार गृह झापाकी अध्यक्ष रहनु भएकी शिवाकोटीलाइ नगद २५ हजार सहित ताम्रापत्रले सम्मान गरिएकाे छ । शिवाकाेटी २० वर्षदेखि रेडियो सञ्चारमाध्यम र अनलाईन पत्रिका मार्फत पत्रकारिता गर्दै आउनु भएको छ । उहाँ जनआन्दोलन डटकमकी कार्यकारी सम्पादक  र कञ्चनजंघा एफएमकी कार्यक्रम प्रस्तोता हुनुहुन्छ ।  त्यस्तै उदियमान पत्रकारिता पुरस्कारबाट एपीवान टेलिभिजनका झापा समाचारदाता विष्णु श्रेष्ठ र रेडियाे झापामा कार्यरत गंगामाया लिम्बू बेघालाई पुरस्कृत गरिएकाे छ ।  पुरस्कृत संचारकर्मीलाई कार्यक्रमका प्रमुख अतिथि फाेनिजका संघीय उपाध्यक्ष कमन देवानले प्रदान गर्नु भएकाे छ ।


फाेनिज झापाका अध्यक्ष भुमिका सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व. डिकमान विरहीकाे व्यक्तित्वबारे पत्रकार रमेश समदर्शीले प्रकाश पार्नुभयाे । प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा सचिव डिकेश लामा, नेपाल प्रेस युनियन झापा शाखा अध्यक्ष इन्दु पूर्वेली, प्रेस चाैतारी झापाका अध्यक्ष मनकुमार गदाल, फाेनिजका प्रदेश इन्चार्ज दिपीन राई, नारी सञ्चार गृह झापाकी उपाध्यक्ष रेजिना गाैतम लगायतले शुभकामना मन्तव्य राखेका राख्दै निष्पक्ष पत्रकारिताकाे व्यवसायिक विकासमा लाग्नु पर्नेमा जाेड दिएकाे छ । महासंघका सचीव तिलक याेन्जनले संचालन गरेकाे उदघाटन कार्यक्रम पछि बन्द सत्रमा बार्षिक याेजना र कार्यक्रम समेत प्रस्तुत गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७८१ जना संक्रमितः २ जनाकाे मृत्यु
Next post Mostbet yukle ᐈ Android, iOS Mostbet indir Azərbaycan üçü