मन्त्री मगरबाट दलित आवास शिल्यान्यास

१४ भदौ २०७९/सारासन्देश समाचार 
दलित समूदायलाई लक्षित गरी झापामा आज एक कार्याक्रमकाबीच सुरक्षित आवासको शिल्यान्यास गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ का १० घर दलित परिवारलाई प्रदेश सरकारको ३ लाख ५० हजार रकम सहयोग गरी निर्माण थालिएको हो । आवासको शिल्यान्यास सो क्षेत्रका प्रदेश सांसद प्रदेश नम्बर एकका कृषि मन्त्री झलकसिंह दर्लामी मगरले गर्नु भएको छ ।

मन्त्री मगरले उचित आवास नभएकै कारण समस्या भोग्नु पर्ने परिवारहरुलाई विस्तारै सुरक्षित आवासमा बसोवासको प्रवन्ध गर्दै लगेको बताउनु भयो । यस अघि ३३ वटा घर बनाएर हस्तान्तरण गरिसकेको सो वडामा पुन दलित समूदायलाई लक्षित गरी कृष्णकुमारी दर्जीको घर शिल्यान्यास गरी आवास निर्माण शुरु गरिएको बताउनु भयो । उहाँले तोकिएको मापदण्ड र समयमा आवास निर्माण गर्न प्राविधिक तथा ठेकेदारलाई निर्देशन समेत दिनु भयो ।

वडा अध्यक्ष सन्तकुमार फेवादिनको अध्यक्षतामा भएको कार्याक्रममा मन्त्री मगरले आफू जनप्रतिनिधि भएको ५ बर्ष वित्न लाग्दा जनता समक्ष गरेका प्रतिवद्धताहरु पुरा गरेको बताउनु भयो । उहाँले ४ बर्ष पुरा भई सक्दा धेरै वटा सडकमा कालो पत्रे भईसकेको र झिलझिले बजारको समेत मुहार फेरिएको बताउनु भयो ।
मन्त्री मगरले यस बर्ष प्राङगरिक मल उत्पादनका लागि शिवसताक्षीमा १ करोडको बजेट पारिएको र विभिन्न सडक, सामुदायिक भवनमा समेत बजेट विनियोजन गरेको बताउनु भयो । उहाँको सहयोगी दुर्गा नेम्बाङ्गले संचालन गरेको कार्याक्रममा स्थानीय क्षेत्रका नेतृत्वले समेत विकासका लागि सवै लाग्नु पर्नेमा जोड दिएका छन् । कार्याक्रममा घर पाउनु भएकी कृष्णकुमारीले मन्त्रीलाई धन्यवाद दिँदै यस्तो कार्यले पिछाडिएको समूदायका लागि ठूलो टेवा पुग्ने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २५७ जना संक्रमित
Next post Dtx-nin Istintaqa Cəlb Etdiyi Gömrük Generalı Kənan Məmmədov Kimdir? Yenipress A