एक कठ्ठाको रायो सागबाट १ लाख बढी आम्दानीः झापामा वेमौषमी खेती तर्फ किसानको आकार्षण बढ्दो(फाेटाे फिचर)

२४ भदौ २०७९/पर्वत तामाङ

झापा–वेमौषमी रायोको साग विक्रीबाट टनेलमा खेती गर्ने झापाका किसानले राम्रो बजार पाउने गरेका छन् । यो वेला टनेल भित्र उत्पादन गरिएको १ कठ्ठा क्षेत्रफलको रायो सागले १ लाख रुपयाँसम्म आम्दानी हुने गरेको छ ।
झापाको दमक वडा नं. ३ मा मान सरोवर संस्थाले टनेलमा गरेको रायो खेतीबाट यतिखेर मासिक १ देखि ढेड लाख रुपयाँसम्मको विक्री गर्दै आएको छ । ४ वटा टनेलमा लगाएको वेमौषमी रायो सागले मौषमी भन्दा ५ गुणा धेरै मुल्य पाउने गरेको संस्थाका बजार प्रतिनिधि मनिषा थापाले बताउनु भयो । थापाका अनुसार संस्थाले यस बर्षमात्र २ लाख रुपयाँ भन्दा धेरैको रायो साग विक्री हुनेछ । संस्थाले अहिले मासिक १० लाख रुपयाँ बराबरको सागसव्जी विक्री गर्दै आएको छ ।

यस्तै यता विर्तामोड नगरपालिका वडा नं. ७ मा प्राङगरिक खेती गर्दै आउनु भएकी पुनम तिम्सिनाले पनि रायो विक्रीबाट राम्रो आम्दानी लिनु भएको छ । कृषि ज्ञान केन्द्रले गत आर्थिक बर्षमा दिएको ६ लाख १२ हजार अनुदानबाट निर्माण गरेको टनेलभित्रको रायो खेतीले राम्रो आम्दानी लिन थालेको उहाँले बताउनु भयो । तिम्सिनाका अनुसार यस अघि टनेल निर्माण नहुँदा धान मकैले खासै आम्दानी दिँदैन थियो । तर कृषि ज्ञान केन्द्रको सहयोग पाए पछि बनाएको टनेलबाट राम्रो आम्दानी लिन सफल बन्दै जानु भएको बताउनु भयो ।

पछिल्लो समय झापामा टनेल भित्र वेमौषमी रायो खेतीसँगै अन्य सागसब्जीको समेत खेती हुन थालेको छ । मौषमी भन्दा उच्च मुल्य पाउने भएकाले टनेलभित्र सागसब्जी खेती गर्ने किसानहरु बढ्दै गएको कृषि ज्ञान केन्द्र झापामा प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार अर्गानिक तवरबाट वेमौषमी खेती गर्ने किसानलाई चाँडै अर्गानिक प्रमाण पत्र विगरणका लागि आवश्यक प्रकृया समेत थालिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५२ जना संक्रमितः २ जनाकाे मृत्यु
Next post नेपालमा आज १३७ जना संक्रमित