डेंगु रोक्न दमकमा सरसफाइ र सचेतना

२९ भदौ २०७९/बालदिवश तामाङ

पछिल्लो समय डेंगुको कारण मानिसहरुको मृत्यु समेत हुन थाले पछि डेंगु नियन्त्रणमा स्थानीय सरकारले समेत चासो देखाउँन थालेका छन् । खासगरी सफा जमेको पानीमा फुल पारेर बृद्धि हुने पोथी जातको लामखुटेको नियन्त्रण नगरी डेंगु नियन्त्रणमा चुनौती थपिने भन्दै झापाको दमकमा आज सचेतनासँगै सरसफाइ गरिएको छ ।

डेंगु नियन्त्रणका लागि बजार क्षेत्रमा रहेको जमेको पानी फाल्ने गरिएको छ । यस्तै डेंगु कसरी जोगिने र नियन्त्रण गर्ने भन्ने सचेतना अभिबृद्धिका लागि पर्चा पम्प्लेट समेत विगरण गरिएको छ । दमक नगरपालिका प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितको टोलीले बजार क्षेत्र परिकक्रमा गरी सफाईसँगै सचेतना बाँडिएको छ । दमक नगरापालिकामा पछिल्लो समय दैनिक डेंगुका विरामी फेला पर्ने र अस्पताल आउने गरेको दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लागु औषध प्रयोग बढ्दैः ओसार पसारमा संलग्न ३०७ जना पक्राऊ
Next post 1хБет Регистрация и Вход на Сайте 202