अशक्त शरणार्थीलाई सहयोगःबोन म्यारो पीडित विरामीलाई सहयोग गर्न अपील(फाेटाे फिचर)

५ असोज २०७९/डिकेश लामा
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीका अपाङ शरणार्थीहरुलाई नगद र ओढ्ने लुगा सहयोग गरिएको छ ।
तेस्रो मुलुक गएको भूटानीहरुको गुरुङ जातिको सँयुक्त अमेरिकी समाजले ५० घर परिवारलाई सामुहिक दशैं खर्च बापत नगद २५ हजार र प्रति परिवार एक एक वटा जाडोमा ओढ्ने व्लान्केट वितरण गरिएको छ । वितरणमा यस अघि बेलडाँगी १ शरणार्थी शिविरका शिविर सचीव हाल अमेरिका बसोवास गर्दै आउनु भएका टेकबहादुर गुरुङ र सामाजिक अगुवा अगम गुरुङले हस्तान्तरण गर्नु भएको छ । पछिल्लो समय शरणार्थी दातृ निकायले छाडे पछि शरणार्थी शिविरमा रहेका झण्डै ४ सय बढी शारीरिकरुपमा अपाङहरुको रेखदेखमा थप चुनौती थपिएको भूटानी शरणार्थी अपाङग संघकी अध्यक्ष देविमाया गुरुङले बताउनु भयो ।


यसैबीच सोही कार्याक्रमको अवसर पारेर शिवसताक्षी वडा नं. ८ झिलझिलेका २९ बर्षीय युवा विशाल राईको उपचारमा गुरुङ जातिको सँयुक्त अमेरिकी समाजले ५० हजार नगद सहयोग गरेको छ । बोनम्यारो पीडित राईको उपचारमा कलाकारको टोलीले पूर्व शिविर सचिव राजमान गुरुङको अगुवाई शिविरमा पत्रकारबीच सहयोगका लागि अपील गरिएको छ । कार्याक्रममा गुरुङ समाजका कोषाध्यक्ष कर्ण गुरुङ्गले समाजको तर्फबाट सो नगद उपलव्ध गराएको र आमागी दिनमा अमेरिका पुगेर अरु सहयोगका लागि अपील गर्न सहयोग गरिने बताउनु भयो ।


विरामी राईको सहयोगका लागि आगामी १० गते दमकमा रहेको कदम थिएटरको सहयोगमा च्यारिटी सो गरिने बताइएको छ । राजेश पायल राई, एकदेव लिम्बु, संभव भएसम्म दयाहाङ राईलाई समेत निमन्त्रणा गरी विशाल राई बचाऊ अभियानका लागि कार्यक्रम तय गरिएको उहाँको नातामा दाइ पर्ने बलु राईले बताउनु भयो । विशालको उपचारका लागि झण्डै ३० लाख बढी खर्च आउने र निजको बुबा आमाको समेत मृत्यु भईसकेको भएका दाजुभाइको अवस्था समेत कम्जोर भएकाले सहयोगी दाताहरुसँग सहयोगको अपेक्षा गरिएको बताइएको छ । उहाँको हाल काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ । उहाँको बोन म्यारो प्रत्यारोपण गर्न यस अघि ३० लाख खर्च भईसकेको र अझै ३० लाख भन्दा धेरै रकम प्रत्यारोपण पूर्व आवश्यक परेकाले सहयोगका लागि च्यारिटी सो कार्यक्रम तय गरिएको उहाँले बताउनु भयो ।
बेलडाँगी शरणार्थी शिविरमा गरिएको कार्यक्रममा राईको उपचारमा तेस्रो मुलुकमा बसोवास गर्ने भूटानीहरुलाई समेत सहयोगका लागि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुकुरी प्रहारबाट भूटानी शरणार्थी एलबीको मृत्यु
Next post Mosbet qeydiyyat Azerbaycan qeydiyyat addımlar