एलबी हत्याको छानविन तीव्र

६ असोज २०७९/सारासन्देश समाचार
धारिलो हतियार प्रहार गरी शरणार्थी यूवाको हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ । झापा र इलामको सिमानामा पर्ने दमक वडा नं. २ र चुलाचुली वडा नं. ५ को बीचमा रहेको रतुवा खोलाको झोलुङ्गे पुलमा भएको घटनामा संलग्न भएको हुन सक्ने आशंकामा केहीलाई पक्राउ गरी सोधपुछ थालेको जिल्लामा प्रहरी कार्यालय इलामले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बनेका झापाको दमक स्थित वेलडाँगी शरणार्थी शिविरका ४५ बर्षीय युवाको हिजो साँझ विर्तामोडको विएनसी अस्पतालमा मृत्यु भएको हो । आज विर्तामोड स्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिए पछि मृतकको लाश अपरान्ह तिर पोष्टमार्टमका लागि भद्रपुर स्थित मेची अस्पताल लगिएको आफन्तले जानकारी दिएका छन् ।
हत्या गरिएका गुरुङ्गको आजै कन्काई स्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । मृतक गुरुङ्गका भाइ अष्ट्रेलियामा बसोवास गर्दै आउनु भएका कर्ण गुरुङ्गले हत्याराको विवरण सार्वजनिक नगर्न समेत आग्रह गर्नु भएको छ । उहाँले यसरी एक अर्काबीच झगडा गर्ने, हत्या गर्ने खालका गतिविधीले समाजमा नराम्रो असर पर्ने भएकाले हत्यामा संलग्न कसैको पनि विवरण सार्वजनिक नगरी दिन उहाँले दाजुको हत्या भए पछि सामाजिक संजाल मार्फत आग्रह गर्नु भएको छ । मृतककाे श्रीमति र एक नाबालक छाेरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mosbet qeydiyyat Azerbaycan qeydiyyat addımlar
Next post काेराेना ओरालो लाग्दैः आज ६६ जनामा सङ्क्रमण पुष्टि