भुटानी शरणार्थी एलबीको हत्यामा संलग्न सार्वजनिक

७ असाेज २०७९, इलाम– भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्न नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार झापा र इलामको सीमाना इलाम चुलाचुली-५ स्थित रतुवा खोलाको झोलुङ्गे पुलमा धारिलो हत्यार प्रयोग गरी गुरुङको हत्या भएको थियो । घटनामा संलग्न ९ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको हो । हत्यामा संलग्न भएको आरोपमा इलाम चुलाचुली गाउँपालिका ४ का २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याक्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेहाङ याक्खा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ को डम्बर यवा, ३० वर्षीय टीका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय बिक्रम हिङमाङ (नेपाली) र २९ वर्षीय पर्शु राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेना ओरालो लाग्दैः आज ६६ जनामा सङ्क्रमण पुष्टि
Next post नेपालमा आज ७६ जनामा सङ्क्रमण पुष्टि