अवैध कपडा र मानिस सहित काठ बरामद

२६ असोज २०७९/झापा
चाडबाढको मौका छोपी अवैधरुपमा ल्याइएको ५ लाख मुल्य बराबरको कपडा भारतीय नाका क्षेत्रबाट आज बरामद गरिको छ । झापाको मेचि भन्सार नाका क्षेत्रमा भन्सार छलि ल्याएर वेवारिसे रुपमा छाडिएको अवस्था इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो ।
यस्तै शिवसताक्षी नगरपालिका वडा नं. १ बस्ने खगेन्द्रप्रसाद दाहाललाई अवैध काठ सहित पक्राऊ गरिएको छ । घरमा लुकाइ राखेको सखुवा जातको अन्दाजी ७२ क्यूफिट चिरानी काठ सहित दाहाललाई पक्राउ गरी डिभिजन बन कार्यालय झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
चाडबाडको समय खुल्ला सिमानाको फाइदा उठाउँदै विना भन्सार सामानहरु भित्रने क्रम बढेको सिमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा १४ जनाको उम्मेदवारी फिर्ता
Next post युक्रेनसँगकाे लडाई फिर्ता लिन रुसलाई आग्रहः यूक्रेनको पक्षमा नेपालको मतदान