नेपाल संगीतकार संघ प्रदेश समिति गठन

अध्यक्षमा विशाल राई

५ कार्तिक २०७९,झापा– झापाको दमकमा आज नेपाल सङ्गितकार सङ्घको प्रदेश-१ स्तरीय भेला सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष अष्ट लामाकाे सभापतित्वमा भएकाे कार्यक्रममा संगीतकर्मीकाे हक अधिकारकाे रक्षा गर्न भेलाले प्रदेश स्तरीय समिति गठन गरेकाे छ । पूर्वी नेपालका अग्रज लाेक गायक एलपी जाेशीकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा प्रदेश स्तरीय नव समिति गठन गरेकाे हाे ।

समितिकाे अध्यक्षमा विशाल राई, उपाध्यक्ष जीवन गुरुङ, महासचिव भुपेन्द्र राई, सचिव  नन्दु गुरुङ,  कोषाध्यक्ष कमला खनाल  तथा सदस्यहरु अशोक थापा, ज्ञानी खड्का, खुश्बु राई, भानु थापा, दुर्गा खत्री, दिपेन थापा, वृष प्रधान र  प्रवेश राई  रहनु भएकाे छ । यस्तै सल्लाहकार समितिमा एल. पी. जोशी, बुलु मुकारुङ, मान सिंह थुलुङ, भरत लामा, राजु केसी, बालकृष्ण कार्की र मणीराज गुरुङ रहनु भएकाे कार्यक्रम संचालक केन्द्रिय सचिव प्रल्हाद बोगटीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खै खेतमा पाइने अन्धाबाम? रैथाने माछा लोप हुँदा आदिवासी समूदायमा समस्या (फाेटाे फिचर)
Next post Joo Casino Bonus, Erhalten Sie No Deposit Bonus Code und 50 Freispiel