झापाका किसानलाई चाडबाडको वेला धान थन्काउने चटारो (फाेटाे फिचर)

११ कार्तिक २०७९/डिकेश लामा

नेपालमा सवै भन्दा धेरै धान खेती र उत्पादन हुने झापा जिल्लामा यतिखेर अगुवा धान थन्काउने चटारो परेको छ । अशोजको पहिलो साताबाटै पाक्ने अगुवा धान लामो मनसुनले थन्काउन नपाएका किसानले केही दिन यता मौषम राम्रो भएसँगै चाडबाड पनि नभनी धमाधम धान थन्काउन थालेका हुन् । लामो समयसम्मको मुनसुनले धान लडेर समस्यामा परेका झापाका किसानहरु यतिखेर धमाधम धान थन्काउन जुटेका छन् । खेतमा धान पाके पछि किसानले चाडबाड पनि नभनी धान बाली थन्काउन थालेको गौरादह ४ का अगुवा किसान चम्पादेवी घिमिरेले बताउनु भयो । कतिपय काटेका धान पुनः बर्षात होला जस्तो हुन थाले पछि किसानलाई धान विग्रने चिन्ता थप बढेको छ ।

हिउँदे बालीलाई लक्षित गरी अगुवा धान रोप्ने किसानले अशोज महिनाको शुरु देखि धान काट्नु पर्ने हुन्छ । किसानले विऊ धानका लागि समेत अगुवा धान लगाउने गरेका छन् । यस पटक अगुवा धान बर्षाले ढलेकाले केही समस्या आएको किसानले दुखेसो पोखेका छन् । गौरादह वडा नं. ७ का अगुवा किसान इच्छाराम सापकोटाका अनुसार अघिल्लो बर्षको वेमौषमी बर्षाले क्षति गरेको धानको क्षतिपूर्ती दिने भनी विवरण संकलन गर्ने, बैंक खाता खोल्ने जस्ता काम गरेको भए पनि किसानले क्षतिपुर्ती पाउन नसकेको उहाँले बताउनु भयो । यस बर्ष पनि अगुवा धान अधिक मात्रामा लडेर विग्रिए पछि थप पीडा भएको उहाँले बताउनु भयो ।

यस बर्ष वेलैमा पानी परेकाले झापामा झण्डै सय प्रतिशत नै धान खेती भएकोे छ । जिल्लामा सरकारले अनुदानमा कृषिमा यान्त्रिकरण गरे पछि धान खेतीमा किसानको आकार्षण समेत बढेको १ सय २५ विगाह क्षेत्रमा विऊ धान खेती गर्दै आएको पाटागाढा चाक्लाबन्दी खेतीका अध्यक्ष गोपाल गुँरागाईले बताउनु भयो । गुरागाँइका अनुसार यस अघि सानो क्षेत्रमा खेती गर्ने किसानहरुले गरा समेत बढाएर खेतीमा आकार्षित बन्दै गएको बताउनु भयो ।

झापामा यो बर्ष झण्डै ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । हिउँदे तरकारीबालीका लागि हरेक बर्ष १० देखि १५ प्रतिशत अगुवा खेती गर्ने झापाका किसानहरु लामो मनसुनका कारण भने धान थन्काउन समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mostbet yukle ᐈ Android, iOS Mostbet indir Azərbaycan üçü
Next post 1xbet Download Android Cihazlarda 1xbet Yükləyi