लाभकाे पदमा रहेका व्यक्तिकाे सम्पति विवरण छानविन गर्ने माओवादी केन्द्रकाे प्रतिबद्धता (पूर्ण पाठ सहित)

१४ कार्तिक २०७९,काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले २०४७ सालको परिवर्तन यताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्री, संवैधानिक निकायका प्रमुख एवं सदस्य, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिने प्रतिबद्धता जनाएको हो ।

माओवादीले पार्टीका सबै केन्द्रीय सदस्य एवं प्रदेश समितिका पदाधिकारीको सम्पत्ति निर्वाचन सम्पन्न भएको छ महिनाभित्र तथा प्रत्येक आर्थिक वर्षको पहिलो तीन महिनाभित्रमा केन्द्रीय समितिका सदस्य र प्रदेश पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

बढ्दो भ्रष्टाचारको व्यापकता तथा सुशासनको अभाव हुँदा राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर परिवर्तन हुन नसकेको जनाउँदै माओवादीले पुँजीगत खर्च कार्यान्वयन क्षमतामा देखिएको समस्या र चरम व्यापार घाटा न्यूनीकरण गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान ठोस नीति र कार्ययोजना बनाइ कार्यान्वयन गरिने माओवादीको प्रतिबद्धता छ । यस्तै प्रतिबद्धतापत्रमा देशकाे व्यवस्था बदलेकाे र अव जनताकाे अवस्था बदल्ने दिशा तिर लाग्ने बताइएकाे छ । असाहय तथा जेष्ठ नागरिकलाइ गाउँघरमै पुगेर स्वास्थ्य सेवा दिने, स्वदेशमै राेजगारमा जाेड, प्राङगरिक मल उत्पादनमा जाेड लगायतका दर्जनाैं जनस्तरबृद्दिका याेजना ल्याइने बताइएकाे छ  । सूचना प्रविधि, वन वातावरण, सार्वजनिक सेवा  प्रवाह र सुशासन, यूवा खेलकुद र राेजगारी तथा सामाजिक सुरक्षा लगायतमा विशेष जाेड दिएर माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गरेकाे छ ।

प्रतिबद्धतापत्र पुरै पढ्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Maobadi Pratibaddata Pradesh 1

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post माओवादी केन्द्र शिबसताक्षीका कार्यकर्ताकाे राजिनामा नामक भ्रामक समाचार प्रति नाम जाेडिएकाबाटै आपती
Next post पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा डुब्दा ३ जनाको मृत्यु