झापामा बिधार्थीमाझ नमूना मतदान

१७ कार्तिक २०७९,झापा – प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यकाे चुनावलाइ लक्षित गरी झापामा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।  जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुर- ७ स्थित वीरेन्द्र माविमा नमुना मतदान अभ्यास गरेको हो । मतदानमा सोही विद्यालयमा अध्ययनरत कक्षा १० का ६० जना छात्रछात्राले नमुना मतदान गरेका छन् । मतदान अघि उनीहरूलाइ ४ प्रकारकाे मतपत्रबारे जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुसली नेपालले जानकारी दिनु भयाे ।  बिहीदेखि सुरु गरिएको नमुना मतदान अभ्यास जिल्लाका १५ वटै पालिकामा सञ्चालन गरिने उहाँले बताउनु भयाे ।

नमूना मतदान कार्यक्रममा भाग लिँदै पहिलाे पटक नमूना निर्वाचनमा भाग लिन पाउँदा विधार्थी विक्रम राजवंशीले खुशी व्यक्त गर्नु भयाे । उहाँले अाफनाे मतदाता नामावली नभए पनि अन्यलाइ सिकाउन सकिने बताउनु भयाे । निर्वाचनको बेला तयार गरिने सोही अनुसारको सुरक्षित मतदान केन्द्र निर्माण गरी विद्यार्थीहरूलाई नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिएका छन् ।  शुक्रबारदेखि जिल्लाका १३१ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरिने छ । निर्वाचनमा खटाइने कर्मचारीको नामावली तयार भइसकेको कर्मचारीहरूलाई तालिम दिइने तयारी समेत गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ओलीकाे आराेपकाे कडा खण्डनः कुन चाँही गठबन्धन अपवित्र?
Next post निर्वाचनमा झापाका अति संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइने