लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ काे प्रतिवद्धता सार्वजनिक

१८ कात्तिक २०७९, झापा– लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
दमक ६ सिद्धीमार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र  अधिकारी, कांग्रेस समानुपातिक उम्मेद्वार अईन्द्र बिक्रम केरुङ, प्रदेशसभा उम्मेद्वार गगन पुरी, निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत सहितले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै प्रतिधिनिसभाका उम्मेद्वार डा.अधिकारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको बताउनु भयाे । यस क्षेत्रमा रहेका समुदायिक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने उनले बताउनु भयाे । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयाे ।
त्यस्तै प्रदेशसभा सदस्य ख का उम्मेद्वार पुरीले झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रंगशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । त्यस ठाउँमा आदिबासी समुदायको पितृहरुको चिहान हटाइएकाले आदिवासीकै नाउँमा रंगशाला निर्माण गर्ने उहाँले बताउनु भयाे । त्यस्तै प्राकृतिक खाेला खाेल्छीकाे साैन्दर्यकरणका लागि पर्यटन सहितकाे याेजना अघि सारिने उहाँले बताउनु भयाे ।

यस क्षेत्रका भुमिहिनहरुको समस्या समाधानका लागी स्थानीय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम सुरु भएको भन्दै पुरीले धनिपुर्जा वितरणको चरणमा पुगेकाले अरु ठाउँका भुमिहिनहरुको समस्या समाधानका लागी पनि आफुहरु निर्वाचित हुनै पर्ने जिकिर गर्नु भयाे । सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लागउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनीहरुलाई जनताले चिनिसकेको भन्दै पुरीले अब नागरिकहरुले परिवर्तनका पक्षधरलाई भोट दिने दावी गर्नु भयाे ।
कार्यक्रममा निवर्तमान सांसद महेन्द्रकुमारी लिम्बूले लोकतन्त्र जोगाउन र मुलुकको बिकासका लागी गठबन्धन गर्नु परेको बताउँदै गठबन्धनमा मतदान गर्न सबै नागरिकहरुलाई आग्रह गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा शीर्ष नेताहरु आफैलाई मतदान गर्नबाट बन्चित
Next post जसपाको घोषणापत्र सार्वजनिकः भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा जाेड