आदिवासीको मुद्दा समेट्न उम्मेद्वारसँग प्रतिवद्धताको माग
२२ कार्तिक २०७९/डिकेश लामा
झापाको निर्वाचन क्षेत्र नं. ५ का उम्मेद्वारलाई आदिवासीको मुद्धा समेट्न प्रतिवद्धता व्यक्त गर्न लगाइएको छ । निर्वाचन क्षेत्र नं. ५ का मुख्य प्रतिष्पर्धी उम्मेद्वारहरुबीच भएको आज कमलमा भएको अन्तकृया कार्याक्रममा आदवासी जनजातिका अगुवाहरुले आदिवासीको मुद्धालाई उम्मेद्वारहरुले जोड दिनु पर्ने ज्ञापन पत्र सहित माग गरिएको छ ।
प्रमुख प्रतिष्पर्धीहरु नेकपा एमालेका तर्फबाट पूर्व प्रदेश मन्त्री प्रदेश सदस्यका उम्मेदवार हिक्मत कुमार कार्की, गठबन्धनका प्रदेश सांसदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका गगन पुरी, नेपाली काँग्रेशका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. खगेन्द्र अधिकारी, प्रदेश सदस्यका उम्मेद्वार जिवन राई लगायतले आदिवासीको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्याक्रममा शीर्ष नेतृत्व केपी ओलीको भने उपस्थिति हुन सकेन ।
कार्याक्रममा एमाले पार्टीका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेद्वार कार्कीले एमाले पार्टीले इतिहास देखि नै आदिवासी जनजातिका धेरै मुद्धा मामिला र अधिकार प्राप्तीमा काम गर्दै आएको बताउनु भयो । उहाँले यस पटक आफूले जितेर गए पछि कमलको नामका कारणले विवादित बनेको रंगशालाको नाम आदिबासी रंगशाला नै राखेर क्षेत्रीय स्तरको रंगशाला बनाइने बताउनु भयो ।
तर यता गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नु भएका गगन पुरीेले एमालेको क्षेत्र नं. ५ को चुनावी प्रतिवद्धता पत्रमा मदन भण्डारी रंगशाला बनाइने भनिएको उल्लेख्य गरेको बताउनु भयो । उहाँले आफूको चुनावी प्रतिवद्धता पत्रमा नै आदिवासी रंगशाला नाम राखेर गएकाले आदिवासी जनजातिको पूर्खाहरुको चिहानको निशानीको पहिचान दिने गरेर रंगशाला निर्माण देखि प्रदेश नामाकरणमा समेत जोड दिने बताउनु भयो ।
कार्याक्रममा कमलको आदिवासी रंगशालाको नाम ओली सरकारले मदन भण्डारी बनाएको प्रति आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डप चौधरीले खेद प्रकट गर्नु भयो । यस्तै दमकमा राष्ट्रपति विधादेवी भण्डारी स्वयम्ले शिल्यान्यास गरेको राष्ट्रिय विभूति फाल्गुनन्द सभागृहको नाम फेरिएको प्रति समेत अव आउने नेतृत्वले पहल गर्नु पर्ने बताइएको छ । यस्तै आगामी बन्ने सरकारले प्रदेश एकको नाम पहिचान सहितको हुनु पर्नेमा जनजाति अगुवाहरुले बताएका छन् ।