चुनावी नारा मात्र बन्छ पुलः ढेड दशक देखि शीर्ष नेताहरुको क्षेत्रमा पुल बन्न सकेन

२५ कार्तिक २०७९/डिकेश लामा

झापाको हुलाकी सडक अन्तर्गतका मुख्य ३ वटा पुल निर्माण थालेको एक दशक नाघेको छ । तर पुलले पूर्णता नपाए पछि शीर्ष नेतृत्वले नै निर्वाचनमा पुलको मुद्धा लिएर अझै भोट माग्न भने छाडेका छैनन् । बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत झापाको ४८ किलो मिटर क्षेत्रको सडक निर्माणको अन्तिम तयारीमा पुगेको छ । तर मुख्य ३ वटा नदि तथा खोलाको पुल निर्माण थालेको १० देखि १५ बर्ष भइसक्दा समेत पुल संचालनमा भने आएको छैन । तर नेताहरुले भने अझै पनि आफूले जितेर गए पुल बनाउछु भन्ने आश्वासन भने दिन नछाडेको झापा गाउँपालिका क्षेत्रका बासिन्दाले बताएका छन् ।

माेरङ र झापाकाे सिमानामा रहेकाे अधुराे पुल

रतुवाखोलाको पुल ढेड दशकसम्म अझै पनि संचालनमा आउन सकेको छैन । हरेक निर्वाचनमा अधुरो रतुवा पुलले चाँडै पूर्णता पाउने नारा पाउने गर्छ । तर पुलले पूर्णता नपाउँदा यात्रुहरुले ज्यान जोखिममा राखेर हिड्नु पर्ने बाध्यता हट्न सकेको छैन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३ पटक प्रधानमन्त्री हुँदा समेत पुलले पुर्णता पाउन सकेन । ओलीका अनुसार बर्तमान सरकारमा भएकाहरुले विकासलाई चासो नदिएको र आफू सरकारमा हुँदा गरेका योजनामा समेत बजेट कटौती गरेकाले कतिपय योजना अधुरै रहेको बताउनु भयो ।

हुलाकी सडकखण्ड अन्तर्गत पर्ने रतुवा, कन्काइ र विरीङको पुल नबनेकाले सडक संचालनमा समस्या भएको छ । ती पुलहरु क्रमश शीर्ष नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजेन्द्र लिङदेन, कृष्ण सिटौला, मोरङ्ग तर्फ सुजता कोइराला लगायतको निर्वाचन क्षेत्रमा पर्दछन् । तर पुल नबनेकाले सडकको काम सक्न समेत समस्या भएको हुलाकी सडक निर्माण गर्दै आएको मोतिदान कम्पनीका इन्जिनियर प्रल्हाद ढुङगानाले बताउनु भयो ।

हरेक निर्वाचनमा भोट माग्दा पुल पुरा हुन्छ भनेको झण्डै ढेड दशक पुग्ना लाग्दा समेत पुलले पूर्णता पाएको छैन । शीर्ष नेतृत्वहरुबाटै चुनावी नारामा मात्र निर्माण हुँदै आएको पुलहरु समयमा नबनेकाले सदिँयौंको सास्ती हट्न नसकेको स्थानीय बासिन्दाहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भुकम्प अपडेटः ६ जनाको मृत्यु, ५ जना घाइते
Next post महासंघ झापाको वार्षिक साधारणसभा सम्पन्नः आचार संहिता पालनामा जोड