नेपालमै चासाे रहेकाे झापामा निर्वाचनका लागि तयारी पुरा (फोटो फिचर)

३ मंसीर २०७९/डिकेश लामा

नेपालकै चासो रहेको शीर्ष नेतृत्व रहेका झापा जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको २ अस्थायी सहित ७ सय ६८ वटा मतदान केन्द्रमा निर्वाचनको लागि तयारी भइसकेको छ। मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापामा सम्पूर्ण तयारी पुरा भएको छ । ६ लाख ६३ हजार ३११ मतदाता रहेको जिल्लामा ५ निर्वाचन क्षेत्र रहेका छन् । २८५ मतदान स्थलमा बुथ निर्माण देखि सम्पूर्ण कुरा तयारी भइसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो । नेपालका अनुसार सवै ७ सय ६८ केन्द्रमै तयारी भइसकेकाे बताउनु भयाे । मंसीर ४ गते ७ बजे देखि मत लगाउन सकिने गरी अघिल्लै दिन तयारी भएकाे उहाँले बताउनु भयाे ।

झापा १ सय ४४ किलो मिटर क्षेत्र भारतसँगै जोडिएको जिल्ला हो । निर्वाचनलाई भय रहित र सुरक्षित बनाउन म्यादी प्रहरी र सेनाको समेत गरी ३ वटै टोली परिचालन भइसकेका छन् । सुरक्षामा खलल पुर्याउने जो काहीलाई कानुनी कार्वाही गरिने झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । प्रजिअ रिजालका अनुसार केही राजनैतिक दलले निर्वाचनमा भाग नलिएकाले उनीहरूबाट समेत सामाजिकरूपमा अवान्छनीय गतिविधिहरू गर्न नमिल्ने र गरेकाे खण्डमा कानुनकाे भागिदार बन्नु पर्ने उहाँले बताउनु भयाे ।

मंसीर ४ गते विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा गएर मत खसाल्नु पर्ने छ । दुई रंगको ४ वटा मतपत्र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक, त्यसैगरी प्रदेशसभा सदस्य प्रत्यसक्ष र समानुपातिक तर्फ मत लगाउनु पर्नेछ । यस पटक मत हालेर पठाएको जनप्रतिनिधिले जनताको हित काम गर्नु पर्ने मतदाताको अपेक्षा छ । झापा नेपालकै दोस्रो धेरै मतदाता भएको जिल्ला हो । आसन्न मसंीर ४ गते हुने निर्वाचनका लागि अघिल्लो दिन मतदाता केन्द्रहरुमा सम्पूर्ण तयारी भइसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post gerçek parayla en iyi slot makineleri ve spor bahisler
Next post झापामा शान्तिपुर्वक निर्वाचन सम्पन्नः ६७.२७ प्रतिशत मत खस्यो (फोटो फिचर)