इलाममा एमालेकाे विजयः बस्नेत र नेम्बाङ विजयी
११ मंसीर २०७९, इलाम– इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाइ फराकिलो मतान्तरले हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले खनाललाई २ हजार ९ सय ५७ मतले पराजित गर्नुभएको हो । निर्वाचनको एक सातापछि आइतबार सकिएको मतगणनामा बस्नेतले खनाललाई हराउनुभएको हो । बस्नेत नेकपा एमालेका इलाम जिल्ला अध्यक्ष तथा इलाम नगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ । यस्तै यता इलाम क्षेत्र नम्बर २ मा डम्बर बहादुर खड्कालाई हराउँदै नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बन्नु भएकाे छ । उहाँले ३० हजार २० मत प्राप्त गर्दा खड्काले २९ हजार ९ सय ६ मत पाउनु भएकाे निर्वाचन अायाेगले जनाएकाे छ । याे परिणाम १ सय १४ मतान्तर हुन अाउँछ ।
यस्तै इलामकाे क्षेत्र नं. १ काे १ मा प्रदेशसभा सदस्यमा खिनु लङ्वा लिम्बु विजयी बन्नु भएकाे छ । उहाँले एमालेकी शाेभा पराजुलीलाई हराएर विजयी बन्नु भएकाे हाे । लिम्बुले ११ हजार ६०४ मत प्राप्त गर्दा पराजुलीले ९ हजार ७३७ मत ल्याउनु भएकाे छ । यस्तै १ काे २ मा नेपाली काँग्रेशका शम्सेर राई विजयी बन्नु भएकाे छ । उहाँले ४०४ मतान्तरमा १२ हजार १५४ मत ल्याएर विजयी बन्नु भएकाे हाे । यता क्षेत्र नं. २ काे १ मा एमालेका गणेश प्रसाद बराललाई हराउँदै काँग्रेशका गाेविन्द गिरीले विजय प्राप्त गर्नु भएकाे छ । उहाँले १६ हजार ६५८ मत ल्याउँदा एमालेका बरालले १५ हजार ४४७ मत ल्याउनु भएकाे छ । यसैगरी क्षेत्र २ काे २ मा प्रदेश १ का पूर्व कृषि मन्त्री समेत बन्नु भएका एमालेका रामबहादुर मगर विजयी बन्नु भएकाे छ । उहाँले १३ हजार ७५४ मत ल्याउँदा माअाेवादी केन्द्रका हर्कबहादुर लावतीले ११ हजार १६७ मत प्राप्त गर्नु भएकाे छ ।