जंगली हात्तीले रबर खेतीमा समस्या

१३ मंसीर २०७९/डिकेश लामा

हालै सम्पन्न चुनावमा हात्ती प्रभावित क्षेत्रका उम्मेद्वारले हात्तीको समस्या दिर्घकालिन रुपमा समधान गर्ने प्रतिबद्धता समेत गरेका छन् । तर यतिखेर धमाधम चोप संकलन गरी प्रशोधन गर्नु पर्ने रबर खेतीमा हात्तीका कारण समस्या झेल्नु परेको छ ।

अशोज देखि मंसीर महिनासम्म रबरको बोटबाट चोप राम्ररी आउने गर्दछ । चोप खासगरी विहानको राती काट्दा धेरै आउने भए पनि हात्तीका कारण जंगलभित्र चोप संकलनमै समस्या भएको जिल्लामा १ सय ८० विगा क्षेत्रमा रबर खेती गर्दै आएको एग्रो फरेस्टिक सेन्टरका संचालक पीटी भूटियाले बताउनु भयो । भूटियाका अनुसार विहानको राती चोप निकाल्दा राम्रो आउने भए पनि हात्तीको आक्रमण हुने खतराले गर्दा उज्यालो भएर मात्र काम गर्ने गरिएको बताउनु भयो ।

झापा जिल्लामा यस बर्ष देखि रबरबाट आवश्यक सामाग्री उत्पादन गरी उद्योग संचालनको तयारी समेत थालिएको छ । त्यसका लागि रबरजोन कार्याक्रम मार्फत यन्त्र उपकरणमा व्यवसायिक रबर खेतीमा लागेका किसानलाई अनुदान समेत दिइएको रबरजोन कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले. बताउनु भयो । सुवेदीका अनुसार यस बर्ष स्थानीय क्षेत्रमा उत्पादन भएको रबरको प्रयोगबाट ग्लोव य वेलुन लगायतका उत्पादन थाल्ने बताउनु भयो ।

तर रबरको जंगल वढ्दै जान थाले पछि भद्रपुर जलथल क्षेत्रमा रबरको चोप संकलन र प्रशोधनमै समस्या हुन थालेको छ । हात्तीले चोप काट्दा काट्दै आक्रमण गर्ने खतरा बढेको चोप संकलनमा जंगल क्षेत्रमा काम गर्दै आएका महिलाहरुले बताएका छन् । झापामा केही सामुदायिक बन, कवुलियती बन, कृषि सहकारी संस्था र निजी क्षेत्रबाट झण्डै ५ सय हेक्टर क्षेत्रमा रवरको खेती हुँदै आएको छ । सरकारले नीति बनाएर नै खेती विस्तार गर्ने हो भने विश्व बजारमा अधिक प्रयोग हुने रबरले धेरैलाई रोजगारीसँगै आर्थिक बृद्धिमा टेवा पुग्ने खेतीका अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Casino Slots kostenlos spielen auf Jackpot d
Next post १ कराेड मत गन्दा एमालेकाे अग्रताः २६ लाख एमाले, २५ लाख काँग्रेश (कसकाे कति सूची सहित)