सुनसरी ४ बाट मन्त्री कार्की विजयीःजनताकाे विश्वास गुम्न नदिने प्रतिवद्धता
१५ मंसीर २०७९, सुनसरी- सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले जनताले विश्वास गरेर आफूलाई दिएकाे मतकाे उच्च कदर गर्दै साेही बमाेजिम काम गर्ने बताउनु भयाे । मन्त्री कार्कीले जनताले आफूमाथि गरेको विश्वास तथा भावनालाई अगाडि बढाउँदै साे क्षेत्रको विकास तथा जनताको अपेक्षालाई पूरा गर्ने बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि बढ्ने उल्लेख गर्नुभयो । यस क्षेत्रमा रहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौत्तिक संरचना निर्माण लगायतको कार्य गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेकपा एमालेका जगदिस प्रसाद कुसियैतलाइ झिनाे मतान्त्तरले हराएर विजयी बन्नु भएकाे हाे । कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्दा कुसियैतले १ सय १२ मत थाेरै ३० हजार ३ सय ७१ मत ल्याउनु भयाे । कार्की यस अघि पनि यसै निर्वाचन क्षेत्रबाट विजयी बन्नु भएकाे हाे । २०७४ मा उहाँले नेकपाका रमेश श्रेष्ठलाइ झण्डै ७ हजार मतान्तरले विजयी बन्नु भएकाे थियाे ।