पुल मुनी अर्को पुलः पुलमा हिडेको पैसा कहिलेसम्म? (फाेटाे फिचर)

२० मंसीर २०७९/डिकेश लामा
पुलको मुनि अर्को पुल लगाउनु पर्छ भन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । तर दक्षिणी झापामा बर्षौ देखि यस्तै दृष्य देख्न पाइन्छ । अझै रोचक त के छ भने पुलमा हिडेको समेत पैसा तिर्नु पर्छ । त्यो पनि सरकारकै ठेक्कामा । गाउँपालिकाले १ लाख ५० हजारमा ठेक्का लगाए पछि आफूले पैसा असुल गर्दै आएको पुल रेखदेखगर्दै आउनु भएका मोहनदेव शर्माले बताउनु भयो । शर्माको अनुसार बर्षातमा डुङ्गामा पैसाल असुल गरिन्छ । हिउँदमा बाँसको पुल बनाएर रकम उठाउने गरिएको छ । बाँसको खर्च र मर्मतमा खर्च हुने भएकाले पनि दैनिक ओहोरदोहोर गर्ने मानिसलाई पैसा लिने गरिएको छ । पुलमा हिडे वापत मोटर साईकलको ५०, साइकलको ३० र मानिस हिडेको १० रुपयाँ लिने गरिएको छ ।

दक्षिण झापाका पुलहरु समयमा नबन्दा बर्षौं देखि बाँसको अस्थायी पुलमा हिडेको पैसा तिर्नु पर्ने समस्या अझै अन्त्य हुन सकेको छैन । बर्खामा डुङ्गा र हिउँदमा बाँसको पुलमा हिड्दा दैनिक पैसा तिर्नु पर्ने बाध्यता कहिले हट्छ भन्ने प्रश्न यात्रुले बारम्बार गर्ने गरेका छन् । पुल बन्न थालेको पुल सडक विभाग अन्तर्गत तत्कालिन मोरङ्ग सुनसरी पुल आयोजनाले आर्थिक बर्ष २०६४÷०६५ मा कालिका ओसीए जेभीलाई १० करोड ३२ लाख ९१ हजार रुपयाँमा ठेक्का दिएको थियो । २ सय ७५ मिटर लामो पुल बनाउनु पर्ने भए पनि २ सय ५ मिटर लम्बाइको मात्र बनाएर आयोजनाले २०७५ मा हुलाकी सडकलाई जिम्मा दिएको थियो । तर अहिले पुल छोटो भएकाले पुल निर्माण थालेको १५ बर्षसम्म पनि पुलको प्रयोग हुन सकेको छैन । यस बर्ष दुवै पछि पुल थप्ने गरी पुन ठेक्का लागेको हुलाकी सडक आयोजना इटहरीले जानकारी दिएको छ ।

हिउँदो मौषम लागेसँगै दक्षिण झापामा खोलानालामा बाँसका अस्थायी पुलहरु थाप्ने गरिन्छ । बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने कन्काई, विरीङ्ग, रतुवा लगायतका नदि तथा खोलामा पक्की पुल नबने पछि बर्षेनी अस्थायी पुल थाप्ने र पैसा लिने गरेको सुनबर्षी ४ मोरङ्गका राजकुमार महत्तोले बताउनु भयो । महत्तोका अनुसार झापा पुगेर आउँदा हरेक दिन पैसा तिर्नु पर्छ । दैनिक ओहोरदोहोर गर्नेलाई समस्या छ । एकातिर खोलामा जोखिम छ अर्का तिर पैसा तिर्नु पर्ने उहाँले गुनासो गर्नु भयो । सो बाटो भएर दैनिक ५ सय देखि १ हजार धेरै मानिसको ओहोरदोहोर हुने गरेको स्थानीयले बताएका छन् । मोरङ्ग देखि छोटा बाटो भएर हुलाकी सडक अन्तर्गतका रतुवा पुल बनेर पनि काम नलाग्ने भएकाले यात्रुहरुले बर्षौं देखि सास्ती भोग्नु भएको छ ।

झापाका यी ठूला नदि तथा खोलामा पुल बन्न थालेको १० बर्ष नाघेको छ । तर पुल निर्माण कार्य सम्पन्न नहुँदा पुस्तौं देखि लगाउँदै आएको ठेक्कालाई आफूहरुले पनि निरन्तरता दिएको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवति राजवंशीले बताउनु भयो । हालै सम्पन्न निर्वाचनमा समेत यी पुलहरुले भोट माग्ने भाँडाको काम गरे । यस पटक भने जसरी पनि पुल पुरा गर्ने नेतहरुले जनता समक्ष प्रतिवद्धता समेत गरेका छन् । तर फेरि अर्को निर्वाचनमा भोटकै नारा मात्र त नबल्ला भन्ने आशंका स्थानीय बासिन्दाले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Скачать 1xBet KZ Мобильная версия 1хБет на Андроид Бесплатн
Next post भारतलाई आफूखुशी महाकाली नदीमा तटबन्ध नबनाउन कुटनीतिक नोट