झापामा पशुपालन व्यवसायमा यूवाको आकार्षण बढ्दै (फाेटाे फिचर)

२७ मंसीर २०७९/डिकेश लामा

झापा जिल्लामा पछिल्लो समय यूवाहरु पशुपालन व्यवसायमा जुटेका छनु । सरकारले अनुदानका कार्याक्रम समेत संचालन गर्न थाले पछि जिल्लामा यूवा पुस्ताहरु थप आकार्षित बन्दै गएका हुन् । स्वदेशमै केही गरौं भनेर लागेका यूवाहरुले पछिल्लो समय पशुपालन व्यवसायलाई जोड दिन थालेका छन् । १३ बर्ष बर्ष विदेश वसेर स्वदेशमा पशुपालनमा लाग्नु भएका गौरादह नगरपालिका वडा नं. ७ का सरोजकुमार वस्तीले विदेशमा जति कमाइ घरमै बसेर गर्न सफल हुनु भएको छ ।

संघीयता कार्यन्वयनसँगै कृषि ज्ञान केन्द्र मार्फत सरकारले किसानलाई अनुदान समेत दिँदै आएको छ । यस बर्ष पनि जिल्लामा ६० लाख बजेटको गाइ व्लक कार्याक्रम संचालन गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शित्तल भट्टराईले बताउनु भयो ।

दुध र दुग्ध परिकारको बजार विस्तार हुन थाले पछि झापा जिल्लाका यूवाहरुले पशुपालनलाई जोड दिन थालेका हुन् । गाऊँघरमा चिस्यान केन्द्र सचालन तथा दुधको अन्य परिकार समेत बनाउन थाले पछि पशुपालन व्यवसाय बढ्दै गएको व्यवसायीले बताएका छन् । विदेशबाट फर्किएका र स्वदेशमै केही गरौं भन्ने यूवा पुस्ताहरु पछिल्लो समय कृषि व्यवसाय प्रति आकार्षित बन्न थालेका हुन् । कृषि व्यवसायलाई दिगो बजार र आम्दानीमुखी बनाउन सरकारले पहल गर्ने हो भने विदेश जाने यूवाहरु स्वदेशमै केही गर्न थाल्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानी शरणार्थीका अगुवा राई तेस्रो देश पुनर्वास (भिडियाे कथा)
Next post लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर