
माेटरसाइकल दुघर्टनामा एक यूवाकाे मृत्यु
१९ पाैष २०७९,बिर्तामोड – ट्र्याक्टरमा मोटरसाइकल ठोक्किएर झापाको बुद्धशान्ति गाउँपालिकामा एक युवाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।
बुद्धशान्ति-३ झिल्मिले पुलस्थित मेची राजमार्गमा भएको दुर्घटनामा परी मोरङ केराबारी गाउँपालिका ८ का २१ वर्षीय योसन लिम्बूको मृत्यु भएको हो । मंगलबार अपराह्न साढे १ बजे प्रदेश–१–०१–००१ त ९७९७ नम्बरको ट्र्याक्टरमा को २० प ३२७८ नम्बरको मोटरसाइकल ठोक्किन्दा दुघर्टना भएकाे थियाे ।
दुर्घटनामा मोटरसाइकल चालक लिम्बू र पछाडि सवार मोरङ बेलबारी नगरपालिका-४ की १७ वर्षीया लीला श्रेष्ठ घाइते हुनु भएकाे छ । उनीहरुको बिर्तामोडमा उपचारका क्रममा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिनु भयाे ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...
नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)
२१ मंसिर २०८०/डिकेश लामा एक सय गन्तव्यमा छनौट भएको नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा पछिल्लो समय पर्यटकहरुको आगमन...