नमूना बन्दै महारानीझोडाः उत्कृष्ट किसानलाई सम्मान

३० पौष २०७९/झापा
नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेको छ । गौरादह नगरपालिका वडा नं. ४ मा च्याऊ खेतीमा सफलता लिँदै आएको कल्याण च्याऊ उद्योग र उद्योग संचालक गोपाल प्रसाद खरेललाई साना किसान अवार्डले सम्मान गरिएको छ ।
१४ करोड ८२ लाखको कृषि उपजको मात्र कारोवार गर्न सफल सहकारीले १ करोड बढी नाफा गरेको छ । २ हजार १ सय ५१ सदस्य रहेको संस्थाले ५ जना जेष्ठ मातालाई सम्मान समेत गरेको छ । संस्थामा उत्कृष्ट कारोबार गर्ने १३, उच्च अंक प्राप्त गर्ने सामुदायिक विधालयकाका विधार्थी र गरिबी निवारणमा सक्रीय महिला, कर्मचारीलाई सम्मान गरिएको छ ।


गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आथित्यमा भएको कार्याक्रममा पूर्वी नेपालका कृषि क्षेत्रमा नमूना कार्य गर्दै आएका पालिका प्रमुख, सहकारी, कृषि समूहका जिम्ममेवार पदाधिकारीले कृषि क्षेत्रको विकासमा लाग्न सरकारले विशेष चासो दिनु् पर्नेमा जोड दिएका छन् । कार्याक्रममा प्रमुख अथिति सुवेदीले समाज विकासको महत्वपूर्ण मेरुदण्ड कृषि भएकाले यसको विकासमा सवै जुट्नु पर्ने बताउनु भयो ।
यस्तै कार्याक्रममा गौरादह कृषि क्याम्पसका प्रमुख कृष्णहरी देवकोटा, रोङ गाऊँपालिका इलामका अध्यक्ष शुवास तामाङ, उपप्रमुख जलबर्षा राजबंशी लगायत दर्जन बढी विभिन्न कृषि तथा अन्य संघसंस्थाका पदाधिकारीले कृषि क्षेत्रको विकासमा जोड दिएका छन् ।


संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालको अध्यक्षतामा भएको २० औं साधारणसभामा कृषि प्रदर्शनी र सदस्यहरुबीच खरिद विक्री समेत गरिएको छ । गौरादह नगरपालिकामा चाक्दाबन्दी कार्याक्रम, सामुदयिक विऊ प्रशोधन, नमूना एकिकृत खेती जस्ता कार्याक्रम गर्दै आएको महिलाहरुको संस्थामा शेयर पूँजी यो बर्ष ६ करोड ५५ लाख पुगेको छ । जुन अघिल्लो बर्ष भन्दा झण्डै २५ लाख धेरै हो ।


संस्थाले पछिल्लो समय साइलेज उत्पादन, चाक्दाबन्दी खेती कार्याक्रम, कस्टम हायरिङ सेन्टर समेत संचालन गर्दै आएको संस्थाका मुख्य प्रवन्धक चिरन्जीवि भण्डारीले बताउनु भयो । संस्थाले यस बर्ष अघिल्लो बर्षको तुलना झण्डै दोब्बर परिमाणमा समर्थन मुख्यमा धान खरिद समेत गरेको विऊ प्रशोधन तथा भण्डार केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जाेन्सकाे जन्म जयन्तीमा लाेक कल्याणकारी कार्यक्रम
Next post झापामा ट्रयाक्टरले किचेर बालकको मृत्यु