
झापामा ७ कक्षाका विद्यार्थीले बनाए बिधुतीय गाडी
१७ माघ २०७९/झापा
झापाको शिवसताक्षी–११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा– ७ का तीन छात्रले गाडी बनाएका छन् । कक्षा–७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन् । उनीले तयार पारेको गाडी विद्यालयको ५४ औँ वार्षिक उत्सवको अवसर पारेर मंगलबार परीक्षण गरिएको छ ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्रालाई चढाएर परीक्षण गरिएको छ । विद्युतीय चार्जबाट चल्ने गाडी एक महिनामा तयार भएको निशान शंकरले बताउनु भयो । उक्त गाडी बनाउन झण्डै डेढ लाख खर्च भएको सन्देश बताउनु भयो ।
गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टको चारवटा ब्याट्री, कन्ट्रलर राखेर बनाइएको प्रशन्न दवाडी बताउनुभयो । गाडी प्रतिघण्टा ३० किलोमिटरसम्म कुद्ने उहाँको भनाइ छ । परीक्षणपछि शिवसताक्षीका नगरप्रमुख मेघाहाङ थोप्राले यस्ता काम गर्ने विद्यार्थीका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
माओबादीले थाले शिवसताक्षीबाट चुरे-तराई जनजागरण अभियान (फाेटाे फिचर)
१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...