प्रदेशमै सवै भन्दा धेरै खेती हुने काउलीले मुल्य नपाउँदा झापाका किसान मारमा (फाेटाे फिचर)

२५ माघ २०७९/डिकेश लामा

प्रदेश नम्बर एकमै सवै भन्दा धेरै खेती हुने झापामा गत बर्षको भन्दा काउलीको मुल्यमा भारी गिरावट आएको छ । गत बर्ष फुलकोपीको सिजनमा प्रति केजी ४० देखि ५० रुपयाँसम्म बजारमा विक्री भएको काउलीको मुल्य यो बर्ष आधा भन्दा धेरै घटेको छ । यस बर्ष भारतबाट फुलकोपी, व्रोकाउली लगायतका तरकारीबाली धेरै भित्रिए पछि झापाका किसानहरु मारमा परेका हुन् । गत बर्ष राम्रो मुल्य पाएर थप खेती विस्तारमा लागेका किसान यो बर्ष बजार मा आधा मुल्य घटे पछि उनीहरु मारमा परेको व्यवसायिकरुपमा काउली खेतीमा लागेका किसानले बताएका छन् ।

बजारमा कृषि क्षेत्रमा प्रयोग हुने खाद्य मल तथा कृषि औजारको मुल्य भने बर्षेनी बढ्दै गएको छ । तर किसानले उत्पादन गरेको बस्तुको मुल्य भने समायोजन हुन नसक्दा उनीहरुलाई समस्या परेको शिवसताक्षी वडा नं. ४ की किसान मन्जु शाहले बताउनु भयो । शाहका अनुसार बर्षेनी व्यवसायिक काउली खेती गरी स्थानीय हाट बजारमा आफै विक्री गर्दै आइरहेकोमा यो बर्ष अघिल्लो बर्षको तुलनामा आधा मुल्य घटेको बताउनु भयो ।

भारतमा सरकारले खेती गर्ने किसानलाई आवश्यक विऊ विजन देखि खाद्यमल समेत अनुदानमा दिने गरेको छ । तर नेपालमा भारतमा जस्तो कम लागतमा उत्पादन गर्न नसक्दा नेपाली किसानहरु मारमा पर्ने गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार भारतबाट भित्रिएका हरियो सागसव्जी नेपालको भन्दा कम लागतमा उत्पादन हुने हुँदा नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकेको कारण बजारमा समस्या हुने गरेको छ । यस्तै किसानले यस बर्ष राम्रो मुल्य पाए पछि त्यसी बालीलाई जोड दिने हुँदा खेती र उत्पादन बढे पछि बजारमा मुल्य समेत गिरावट हुने गरेको छ ।

झापा जिल्लामा अघिल्लो बर्ष भन्दा ३ सय हेक्टर क्षेत्रफल बृद्धि भई २ हजार ६ सय हेक्टरमा ४८ हजार मेट्रिक टन काउली उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । तर बजारमा मुल्यमा आधा गिरावट आएका कारण किसानहरु मारमा परेको उनीहरुले गुनासो पोखेका छन् । प्रदेश नम्बर एकमा फुलकोपी, व्रोकाउली र बन्द कोपी समेत गरी झण्डै १४ हजार हेक्टरमा खेती हुने कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख्य गरिएको छ । त्यस मध्ये फुलकोपी सवै भन्दा धेरै झापामा खेती र उत्पादन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महाभूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघ्याे
Next post टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघ्याे