स्वदेशी उन्नत विऊ उत्पादनमा जोडः महिलाहरुको सहकारीको विऊ प्रदेश १ र २ मा माग बढ्दो (फाेटाे फिचर)

२७ माघ २०७९/डिकेश लामा
झापाको गौरादह नगरपालिकाको किसानहरुले यो बर्ष २५ प्रजातिको धानको विऊ उत्पादन गरेका छन् । खयन धान भन्दा महँगो मुल्यमा विक्री हुने भए पछि विऊ उत्पादनमा लागेका किसानले यो बर्ष साढे ३ करोड मुल्यको विऊ उत्पादन गर्न सफल भएका छन् । केही बर्ष अघिसम्म खयन धान खेती गर्ने गौरादह नगरपालिका क्षेत्रका किसानहरु अहिले विऊ धान मात्र खेती गर्न थालेका छन् । चामलको रुपमा प्रयोग गरिने धान भन्दा धेरै मुल्य पाउने भए पछि किसानहरु सामुहिकरुपमा विऊ धान खेतीमा लागेको पाटागाढा चाक्लाबन्दी सामुहिक खेतीका अध्यक्ष गोपाल बजगाईंले बताउनु भयो ।

हेमराज विष्ट (व्यवस्थापक)

पूर्वी नेपालमा नमूनाका रुपमा खेती गर्दै आएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको प्रशोधन केन्द्रले किसानले उत्पादन गरेको विऊ खरिद गर्ने गरेको छ । उनीहरुले झण्डै ३ सय विगाहमा यस बर्ष ९ सय ६० मेट्रिक टन विऊ उत्पादन गरेको विऊ प्रशोधन केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो । विष्टका अनुसार प्रदेश नम्बर एकका मुख्य बजार देखि प्रदेश नम्बर २ का अधिकाशं जिल्लामा पछिल्लो समय महारानीझोडा साना किसान कृषि सहकारीको विऊ जाने गरेको छ । विऊ प्रशोधन गर्ने गुणस्तर ग्रेडिङ मेशिनका काराण पछिल्लो समय सतप्रतिशत विऊमा उमार शक्ति रहेको उहाँले बताउनु भयो । बर्षेनी सहकारीको विऊको माग बढ्न थाले पछि किसानहरुले समेत सामुहिक खेतीको माध्यमबाट विऊ उत्पादनमा विशेष जोड दिन थालेका छन् ।

मीनाकुमारी ढकाल(अध्यक्ष)
सामुदायिक विउ प्रशाेधन तथा भण्डारण केन्द्रकाे भवन क्षेत्र

खाद्यन्यको रुपमा भन्दा विऊको मुल्य राम्रो पाउन थाले पछि किसानले अन्य बालीको समेत विऊ खेती गर्न थालेका छन् । तोरी, फापर, गहुँ, राजमा, जै घाँस लगायतका विऊ समेत किसानले उत्पादन गर्न थालेको महारानी झोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । अध्यक्ष ढकालका अनुसार विऊको माग हुँदा धानको मात्र नभई सवै प्रकारको हुने भएकाले बर्षेनी उन्नत जातका विऊ उत्पादन देखि प्रशोधन गर्ने काम समेत बृद्धि हुँदै गएको छ । नेपालमा अझै पनि धान तथा अन्य खाद्यन्य बालीको विऊ अधिक मात्रमा भारतबाट भित्रने गरेको छ । स्वदेशमै उन्नत जातका विऊ उत्पादन गर्न सके बर्षेनी बाहिर जाने करोडौं रुपयाँ रोक्न सकिने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै
Next post शरणार्थी शिविरमा शिक्षक र कलाकारकाे सामुहिक सम्मान (फाेटाे फिचर)