नेपालकै सवै भन्दा धेरै चिया खेती हुने झापामा श्रमिक समस्यामा (फाेटाे फिचर)
श्रमिकको समस्या समाधान नगरे आन्दोलन गरिने
८ फाल्गुण २०७९/डिकेश लामा
नेपालकै सबै भन्दा धेरै चिया खेती हुने झापामा मजदुरहरुले उचित ज्याला नपाएको भन्दै आन्दोलन गर्ने तयारी थालेका छन् । विगतमा भएको सहमतिको कार्यान्वयन नभएको भन्दै श्रमिकहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । श्रम ऐनअनुसार प्रत्येक २ वर्षमा न्यूनतमः पारिश्रमिक पुनारावलोकन हुनुपर्नेमा चिया श्रमिकको सन्दर्भमा भने कार्यान्वयन भएको छैन । अन्य क्षेत्रका श्रमिकले ५७७ रुपैयाँ दैनिक ज्याला पाउँदा चिया बगानका श्रमिकले भने हाल दैनिक ४३५ रुपैयाँ ज्याला पाउँदै आएका छन् । ऐनले निर्धारण गरेको कुरा कार्यान्वयन हुन नसक्दा आफूहरुले आन्दोलन गर्ने तयारी गरेको चिया श्रमिकका नेता भूपाल सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार चिया श्रमिकको समस्या समाधानका लागि श्रम ऐन अनुसार श्रमिकको ज्याला बृद्धि र सामाजिक सुरक्षा कोषमा समायोजन नगरेसम्म समस्या समाधान नहुने बताउनु भयो ।
गएको साउन महिना देखि नै न्यूनतम् पारिश्रमिक बृद्धि हुनु पर्ने हो । तर चिया बगानमा काम गर्ने ७० हजार श्रमिकहरुले अहिले पनि आधा भन्दा धेरै राज्यले तोकेको न्यूनतम् पारिश्रमिक समेत पाउन नसकेको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रिय अध्यक्ष सीता सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार गएको साउन देखि श्रमिको ज्याला बृद्धि गर्नु पर्ने भए पनि श्रम ऐन कार्यान्वयन नभएकाले आगामी चैत्र या वैशाखबाट आन्दोलनको तयारी थालिएको बताउनु भयो । ७० हजार श्रमिकबाट झण्डै २ लाख मानिस चिया श्रममा आश्रित भएकाले यो समस्यालाई सानो ठान्ने प्रवृतिले गर्दा चिया श्रमिकले आन्दोल गर्नु परेको सापकोटाले बताउनु भयो ।
यस बर्ष विगतको भन्दा चियाको बजारमा मुल्यमा गिरावट आएको छ । जसका कारण पनि तत्काल श्रमिकको ज्याला बृद्धि गर्न नसक्ने अवस्था रहेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश अग्रवालले बताउनु भयो । अग्रवालका अनुसार आपूmहरुको चिया श्रमिकको समस्याबारे जानकार भए पनि हालै मात्र थाहा भएकाले त्यस तर्फ उत्पादक संघको ध्यानाकर्षण भएको बताउनु भयो । झापामा मात्र झण्डै साढे १० हजार हेक्टरमा चिया खेती हुँदै आएको छ । यस्तै प्रदेश नम्बर एकमा ९९ प्रतिशत चिया खेती हुने भएकाले प्रदेश एकलाई चियाको हव बनाउन चिया उद्यमीहरुले सरोकारवालासँग माग समेत गरेका छन् । चियाको समस्याबारे सरोकारवाला निकायको ध्यानाकर्षण गर्न गराउँन झापामा संवाद समूहले विभिन्न अन्तकृया कार्याक्रम समेत गर्दै आएको छ । जसका कारण चिया श्रमिकले आफ्नो गुनासो उच्च पदाधिकारी र निकाय समक्ष राख्न पाएको उनीहरुले बताएका छन् ।
नेपालबाट बार्षिक झण्डै ४ अर्व रुपयाँको चिया निर्यात हुँदै आएको छ । तर यति ठूलो कारोवार गर्ने चिया क्षेत्रको उचित व्यवस्थापनमा सरकारले ल्याएको ऐन सरकारी बगानहरुमै कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र धरायसी बन्दै गएको उद्योगीहरुको भनाइ छ ।