झापामा जंगली जनावरबाट किसान समस्यामा (फाेटाे फिचर)

१० फाल्गुण २०७९/डिकेश लामा

जंगल बढ्न थालेसँगै झापाका बन प्रभावित क्षेत्रका किसानहरु जंगली जनावरका कारण समस्यामा पर्न थालेका छन् । निजी तथा सामुदायिक बनमा बँदेल तथा हात्ती लगायतका जंगली जनावरबाट अन्नबाली जोगाउन नसक्दा उनीहरु समस्यामा परेका हुन् । दमक नगरपालिका वडा नं. १० मा यस बर्ष चैते धान गर्ने किसानहरु समस्यामा परेका छन् । धान रोप्न भनेर लगाएको व्याड नै बँदेलले सखाप पारे पछि धान रोप्नै समस्या भएको स्थानीय तुलसी खड्काले बताउनु भयो । यस्तै यता नगेन्द्र न्यौपानेका अनुसार यस बर्ष दक्षिणी दमकमा बँदेलको जस्तो पाइला भएको जनावारले चैतेधानको व्याडमा धेरै क्षति पुर्याएको छ । पहिलो पटक राखेको व्याड नष्ट गरे पछि दोस्रो पटक लगाएको व्याड पनि काम नलाग्ने बनाएको गोविन्द न्यौपानेले बताउनु भयो । उहाँका अनुसार धान, मकै, जै घाँस, आलु लगायतका क्षति गर्न थालेको छ ।

केही बर्ष अघि महिलाहरुले लगाएको रमा सामुदायिक बन विस्तार हुँदै गए पछि सो क्षेत्रमा बँदेलको संख्या बढ्दै गएको छ । खासगरी दक्षिणी दमक, कमल र गौरादह क्षेत्रको सिमामा रहेको क्षेत्रमा बँदेलले उपद्रो मचाउन थालेको २५ साल देखि बसोवास गर्दै आउनु भएका ८३ बर्षीय शिवप्रसाद दाहालले बताउनु भयो । दाहालका अनुसार ५० बर्ष धेरै बसेको क्षेत्रमा अहिलेसम्म यस्तो समस्या आएको थिएन । नजिकै रमा सामुदायिक बन हुँर्कदैं जान थालेको पछि बँदेलको संख्या समेत बढेकाले समस्या भएको बताउनु भयो । अहिले सो क्षेत्रमा धानको व्याडलाई घेराबारा गरेर राख्न थालिएको छ । तथापि बँदेल पसेर क्षति गर्ने गरेको किसानले दुखेसो पोखेका छन् ।

यस्तै यता कन्काई नगरपालिका वडा नं. १ को प्रजापति गाउँमा समेत बर्षेनी जंगली हात्तीका कारण अन्न बाली लगाउनै समस्या भएको छ । बाली लगाउन साथ हात्तीको प्रवेश हुने भएकाले अधिक समस्या भोग्नु परेको बोधकुमारी पौडेलले बताउनु भयो । पौडेलका अनुसार सवै भन्दा धेरै मकैमा क्षति गर्ने गरेको छ । हात्तीकै कारण गाउँमा छोरा मान्छेले रातको समय घर छाड्न नमिल्ने र दैनिक राती हात्ती रुङनु पर्ने समस्या रहेको उहाँले बताउनु भयो ।

झापामा पछिल्लो समय निजी बन समेत विस्तार हुन थालेका छन् । जसका कारण यस अघि जंगली जनावर देखा नपर्ने क्षेत्रमा समेत जंगली जनावरको बासस्थान बढ्न थाले पछि किसानहरु भने समस्यामा परेको उनीहरुले गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बैंकहरूले लगाएकाे चर्काे व्याजकाे विराेध चुलिदैँ
Next post ६ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब