इटहरीले उचाल्यो दोस्रो दमक कप भलिवल प्रतियोगिता २०७९ को उपाधी (फाेटाे फिचर)

२६ फाल्गुण २०७९/सारासन्देश समाचार, झापा

झापाको दमकमा जारी प्रदेश स्तरीय दोस्रो दमक कप २०७९ खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगिताको खेलमा मोरङको ब्राइट फ्यूचरलाई हराउँदै इटहरीले विजय हासील गरेको हो ।

दमकमा भएको खेलमा २/३ को सेटको अन्तरमा इटहरी विजयी बनेको हो । खेलमा प्रथम हुनेलाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, कोशी प्रदेश भलिवल संघका अध्यक्ष खेम राई लगायत पूर्व राष्ट्रिय खेलाडीबाट पुरस्कार वितरण गरिएको छ ।

प्रदेश स्तरका ८ टीमबीच भएको प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । खेलमा विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगर र ट्रफीले सम्मान समेत गरिएको आयोजक दमक नगर भलिवल संघका अध्यक्ष तेज धिमालले बताउनु भयो । खेलमा उत्कृष्ट स्पाइकर उपविजेताकी झरना श्रेष्ठ, उत्कृष्ट व्लकर विजेता इटहरीकी बसन्ती साउद, वेष्ट सटर इटहरीकी शिखा राई, बेष्ट प्लेयर दमककी शून्यता मगर, वेष्ट डिफेन्डर मोरङकी मनिता श्रेष्ठ, सर्वोत्कृष्ट खेलाडी सुनिता राई घोषित भएका छन् । उनीहरुलाई ट्रफी र नगद २ र ३ हजार प्रदान गरिएको समितिका सचिव कार्यक्रम संचालक राजु श्रेष्ठले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा इटहरी सुनसरी फाइनलमा प्रवेश (फाेटाे फिचर)
Next post शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय