तेह्रथुममा आगलागीका घटना बढ्दैः आज पनि ४ घर जलेर खरानी

२८ फाल्गुण २०७९, तेह्रथुम– तेह्रथुममा पछिल्लाे समय आगलागीकाे घटना बढ्दै गएकाे छ । आज तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगास्थित होडा बस्तीमा आगलागी हुँदा ४ घर जलेका छन् । बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको वडाध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिनु भयाे । आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर जलेका छन् । आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयलेवासीले प्रयास गरिरहेका छन् । तर आगो नियन्त्रण गर्न सकीएको छैन । बस्तीको बीचबीचमा जंगल रहेको र बेगले हावा चलिहरेकाले आगो नियन्त्रणमा कठिनाइ भएको वडाध्यक्ष ओलीले जानकारी दिनु भयाे ।

आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भइसकेको प्रारम्भीक अनुमान छ । दुई दिनअघि पनि छातेढुंगाकै अकबरे चोकमा आगलागी हुँदा एक घर जलेको थियो । जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा बस्तीका घरमा पनि आगो सल्किने गरेको छ । यस अघि गत १२ गते  तेह्रथुमको आठराई–६ चुहानडाँडामा भएको आगलागीबाट हात्ती खर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको थियाे । आगलागीबाट ९ परिवारको ४१ जना विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेशी प्रदेश नामकाे विराेधः झापामा २२ जना आन्दोलनकारी पक्राऊ (फाेटाे, भिडियाे सहित)
Next post सशस्त्र प्रहरीको क्षमता विकासमा जोड दिइने (फाेटाे फिचर)