दमकको १२ औं नगरसभाः आर्थिक तरलताले बजेट कटौती

३० फाल्गुण २०७९/बालदिवश तामाङ

देशभर आर्थिक मन्दिको असर परिरहेको वेला झापाको दमक नगरपालिकाले झण्डै ७ करोड आन्तरिक बजेट कटौती गरेको छ । नगरपालिकाको आज भएको १२ औं नगरसभामा पुरक बजेट पेश गर्दै बजेट तथा कार्याक्रम तर्जुमा समितिका संयोजक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बजेट कटौतीको प्रतिवेदन पेश गर्नु भएको छ । संघीय सरकारको २० प्रतिशत बजेट कटौती गर्ने सर्कुलर र आर्थिक मन्दिको प्रभावले आन्तरिक बजेट कटौती गरेको उहाँले जानकारी दिनु भयो । यस अघि ११ औं नगरसभा १ अर्व ३९ करोड ४० लाखको कुल बजेट पेश भएको थियो । यो पटक कुल बजेटमा २ करोड ३२ लाख ८९ हजार ४६४ रुपयाँ बजेट कम भएको छ ।


सभामा नगर प्रमुख रामकुमार थापाले नगरले भूमि आयोगसँग समन्वय गरी जग्गा धनी पूर्जा वितरण तथा भूउपयोग नीति जस्ता महत्वपूर्ण कार्य भएको बताउनु भएको छ । थापाले नगरले गरेका केही महत्वपूर्ण कार्यको विवरण समेत पेश गर्नु भएको छ ।

यस्तै नगरसभामा स्वास्थ्य क्षेत्रको व्यवस्थापन फितलो भएको निष्कर्ष पेश गरिएको छ । जिल्ला स्तरीय दमक अस्पतालको पूर्वाधार र अन्य क्षेत्रको विकास भए पनि व्यवस्थापन क्षेत्र कम्जोर भएकाले विरामीले उचित सेवा लिन नसकेको भन्दै लेखा समितिका संयोजक गोपाल प्रसाद संग्रौलाले प्रतिवेदन पेश गर्नु भएको छ ।

नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको सभामा विभिन्न समितिले प्रतिवेदन पेश गरेका छन् । सभामा न्यायिक, राजश्व परामर्श, अनुगमन, लेखा, विधायन, पूर्वाधार लगायतका १० वटा समितिले प्रतिवेदन पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सशस्त्र प्रहरीको क्षमता विकासमा जोड दिइने (फाेटाे फिचर)
Next post भूटानकाे जेलमा थुनिएका राजबन्दीलाई रिहा गर्न ह्युमन राइट्स वाचकाे अपील (शरणार्थी शिविरकाे फाेटाे सहित)