बगान मासिए पछि रोजगार गुम्दा चिया श्रमिक समस्यामा (फाेटाे फिचर)

१ चैत्र २०७९/बालदिवश तामाङ

चिया बगानहरु मासिनेक्रम नरोकिए पछि झापामा सयौं चिया श्रमिक समस्या परेका छन् । नयाँ भूउपयोग नीतिका कारण दर्जन बढी बगान फाँडिए पछि चिया श्रमिकलाई समस्या भएको उनीहरुले दुखेसो पोखेका छन् ।

धमाधम बगान फाँडिन थालेपछि झापामा सयौंका संख्यामा चिया श्रमिकहरु वेरोजगार बन्न थालेका छन् । लामो समय देखि बगान संचालन गर्दै आएका साना किसानले बगान मासे पछि चिया श्रमिक वेरोजगार भएको बगानका श्रमिकको अगुवा गोपाल रायले बताउनु भयो । रायका अनुसार साना केही बगानमा मात्र ढेड सय जनाको रोजगार गुमेको छ । विर्तामोड नगरपालिका क्षेत्रमा मात्र ५ सय जना भन्दा धेरैका रोजगार गुमेको उहाँले बताउनु भयो ।

झापामा ४ अर्ब रुपयाँको कारोबार हुँदै आएको चियामा पछिल्लो समय बजार देखि श्रमिकसम्म समस्या देखा पर्दै गएको छ । बजारको समस्या र भूउपयोग नीतिका कारण चिया बगानमा समस्या आउन थालेको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार पछिल्लो समय सरकारले ल्याएको भूउपयोग निमावलीका कारण साना चिया किसानहरु समस्या परेका छन् । बगान क्षेत्रमा आवास राख्न नपाइने र विक्री गर्न नमिल्ने जस्ता हल्लाका कारण नै किसानले बगान मासे पछि समस्या सृजना भएको बताउनु भयो ।

पूर्वी नेपालको मुख्य नगदे बालीको रुपमा खेती हुँदै आएको चिया उत्पादन क्षेत्र घट्दै गइरहेको वेला यस बर्ष थप ठूलो क्षेत्रको बगान उजाडिएको छ । जसका कारण सयौं चिया श्रमिकहरुको रोगजारी गुमेकाले जिविकोपार्जनमा नै समस्या भएको उनीहरुले दुखेसो पोखेका छन् । चिया बगानमा २० बर्ष देखि काम गर्दै आएका विर्तामोड नगरपालिका वडा नं. ७ का ऋषिदेव बस्तीका महिला चिया श्रमिकले बताएका छन् । उनीहरुको अनुसार कन्ट्रक्सनको काममा समेत भारतीय रोजगार प्रयोग हुने भएकाले आफूहरुलाई काम गरेर गुजारा गर्न नै समस्या भएको छ ।

जिल्लामा बर्षेनी चिया क्षेत्र घट्दै गइरहेको वेला साना बगान फाँडिन्दा श्रमिकहरुको रोजगारी सँगै पर्यावरणमा समेत असर पुग्ने देखिएको छ । जसले गर्दा भूउपयोग नीति कार्यान्वनमा सरकारले सवै पक्षमा ध्यान दिन चिया उद्यमीको माग रहेको छ । झापामा मात्र ७० हजार हाराहारीमा चिया श्रमिकहरु रहेको अखिल नेपाल चिया श्रमिक संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानकाे जेलमा थुनिएका राजबन्दीलाई रिहा गर्न ह्युमन राइट्स वाचकाे अपील (शरणार्थी शिविरकाे फाेटाे सहित)
Next post नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मल नपाउँदा मकै खेतीमा समस्या (फाेटाे फिचर)