विधार्थी र विपन्नलाई चर्चको सहयोग

१० चैत्र २०७९/विरेन्द्र सुब्बा
क्यानाडाको नेपाली कम्युनिटी चर्चले दमकका ३८ विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विधार्थीलाई आवश्यक व्याग, कपी, कलम र पेन्सील लगायतका सामाग्री वितरण गरेको चर्चको एल्डर याकुब विश्वाले वताउन ुभयो ।
दमक ३ मा समादान चर्चको नेत्तृवमा १५ वर्षमुनीका उँ शान्ती टोलका जम्मा २८ विधार्थीहरुलाई वितरण गरीएको छ । समाग्रीहरु टोल अध्यक्ष किसान राईको हातबाट बितरण गरीएको हो । सामान वितरणको क्रममा अध्यक्ष राईले यस्ता सहयोगले विधार्थीको अध्ययनमा प्रेरणा मिल्ने बताउनु भयो ।


यस्तै इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ का १५ विधार्थीहरुलाई पनि सामाग्री वितरण गरिएको छ । महिमा चर्च कोलडाडाले नेत्तृत्वमा व्याग, कपी, कलम लगायतको सामाग्री वितरण गरिएको पाष्टर जित बहादुर राईले बताउनुभयो ।
यता क्यानाडाको नेपाल कम्यूनीटी चर्चले २५ बोरा चामल, न्युटोला, तेल, लगायत अरु खाद्यान्य सामनहरु बेल्डाँगीका विपन्न परिवारमा वितरण गरेको छ । चर्चले लगभग १ लाख बराबरको खाधन्न वितरण गरेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेशिनको प्रयोग बढेसँगै झापामा हिउँदे बाली विस्तार हुँदै (फाेटाे फिचर)
Next post झापा भरीका वडा सचिवहरुको प्रथम सम्मेलन दमकमा सम्पन्न (फाेटाे फिचर)