झापा भरीका वडा सचिवहरुको प्रथम सम्मेलन दमकमा सम्पन्न (फाेटाे फिचर)

अध्यक्षमा थुलुङ चयन

११ चैत्र २०७९/ सारासन्देश समाचार
झापा जिल्लामा नेपालमै पहिलो पटक जिल्ला स्तरीय वडा सचिवहरुको सम्मेलन सम्पन्न भएको छ । १५ वटा पालिकाका १ सय ३१ वडाका सचिवहरुको भेलाले दमक नगरपालिकाका भोजकुमार थुलुङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विर्तामोड नगरपालिकाकी टिका अधिकारी, उपाध्यक्ष कचनकवल गाउँपालिकाका मदन भण्डारी, सचिव अर्जनुधारा नगरपालिकाका खगेन्द्रप्रसाद लिङदेन, सहसचिव शिवसताक्षी नगरपालिका विमल बास्कोटा, कोषाध्यक्ष कन्काई नगरपालिकाकी कमला विश्वकर्मा रहेका छन् ।

यस्तै सदस्यहरुमा कमल, गौरीगंज, मेचिनगर, भद्रपुर, हल्दिबारी, झापा, बुद्धशान्ति र बाह्रदशीबाट क्रमशः अमृतकुमार शाह, युवराज दाहाल, प्रेम पराजुली, मनकुमार डाँगी, तुलसा खत्री, सुनिता सुवेदी, खड्गबहादुर सुवेदी र शम्भु प्रसाद आचार्य रहेका अायाेजक दमक नगरपालिका वडा नं. ८ का सचिव सन्दिप सुवेदीले जानकारी दिनु भयाे ।
सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले सचिवहरु एकताले आफ्नो हक हित मात्र नभएर कार्य दक्षता र सुशासन स्थापनामा समेट टेवा दिने बताउनु भयो । उहाँले आफूले जस्तो सुकै परिस्थितिमा सचीवहरुको हक हितमा काम गर्ने समेत दावी गर्नु भयो ।


दमक नगरपालिकाको वडा सचिवहरुको आयोजनामा भएको कार्याक्रममा जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका एक÷एक जना सचिवको सहभागीतामा समिति बनेको छ । कार्याक्रममा दमक नगरपालिकाका लेखा अधिकृत देवीप्रसाद कोइराला, कार्यक्रम भएको स्थल दिपीनी आधारभूत विधालयका प्रधानाध्यापक शेषकुमार निरौला लगायतलाई मायाको चिनो प्रदान गरिएको छ । सहकार्य, समन्वय तथा कार्य सम्पादनमा एकता, सामुहिक हक हितका लागि हाम्रो प्रतिवद्धता भन्ने नारा पुरा गर्न देशभर संजाल विस्तार गरी एक भएर लाग्नु पर्ने १५ वटै पालिकाका सचिवहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विधार्थी र विपन्नलाई चर्चको सहयोग
Next post काेशी प्रदेशकाे विराेधमा एक घण्टा चक्का जाम