१ खर्ब १९ अर्ब वेरूजुः अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा धेरै

३० चैत्र २०७९, काठमाडौँ – मन्त्रालयगत रुपमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयकै रहेको पाइएको छ ।  ७१ खर्ब ३८ अर्ब १७ कराेड बजेटकाे लेखा परिक्षण गर्दा संघ, प्रदेश र स्थानीय गरी १ खर्ब १९ अर्व ७८ कराेड रूपयाँ बेरूजु देखिएकाे महालेखाले जनाएकाे छ ।

यसै गरी संघीय सरकारी कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा रकमगत आधारमा अर्थ मन्त्रालयको मात्रै बेरुजु ५७. ६६ प्रतिशत बराबर छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको बेरुजु प्रतिशत १५.६२ रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ४.८१, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ४.५१, गृहको २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २.३ प्रतिशत बेरुजु छ ।

शहरी विकासको १.९५, खानेपानी मन्त्रालयको १.५६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १.५४ र अन्य मन्त्रालयको ४.८८ प्रतिशत बेरुजु रहेको महालेखाले जनाएको छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १ खर्ब २९ अर्ब रुपैयाा बराबरको बेरुजू देखिएको छ । हालसम्म फर्स्यौट हुन बााकी बेरुजू ५ खर्ब ८७ अर्ब ३४ करोड रहेको महालेखाले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हिम पहिराेमा परी ३ जना शेर्पाकाे मृत्यु
Next post धुमधामका साथ सिरुवा पर्व मनाइँदैः कोचिला सामाद सार्वजनिक