खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)

भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल नेकपा एस सडकमा

२९ वैशाख २०८०,सारासन्देश समाचार–खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे प्रति खेद प्रकट गर्दै आएका छन् । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै खाटी भूटानीहरूकाे नाम वेचेर अरूले तेस्राे मुलुक गरेकाे भन्दै गुनासाे पाेखेका छन् । सन् १९९४ मा भूटानबाट नेपाल प्रवेश गर्नु भएका नन्दलाल चापागाँइका अन्य ८ जना सवै शरणार्थीकाे परिचय पत्र पाएर तेस्राे मुलुकमा छन् । तर उहाँकाे परिवार भने अहिले पनि शरणार्थी शिविरमै छन् २००७ देखि लगातार २ पटक परिचय पत्रका लागि फाेटाे खिचाएर पनि नपाउँदा अहिले घर न घाटकाे भएकाे उहाँले आँखाभरी आँशु पार्दै बताउनु भयाे । चापागाँइ जस्तै अहिले शरणार्थी शिविरमा १ हजार बढी भूटानी शरणार्थीकाे परिचय पत्र नभएकाे उनीहरूले बताउँदै आएका छन् ।

यता नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भन्दै सडकमै भाषण गरिएकाे छ ।  विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारवाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर पनि सडकमा आएको बताएका छन् ।  सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै कार्यक्रमका बक्ताले प्रशंसा समेत गरेका छन् ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वका सामु शीर निहुराउने खालको एउटा लज्जास्पद घटना भएको बताउनु भयाे । उहाँले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठूलो ओहोदाको भए पनि कारवाहीकाे दायरामा ल्याउनु पर्ने बताउनु भयाे ।
कोणसभालाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा ६ दर्जन बढी सीमा स्तम्भ हराउँदा सीमावर्ती क्षेत्रमा समस्याः स्थानीय भन्छन् हाम्राे सिमाना कहाँ छ ? (फाेटाे फिचर)
Next post नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी