शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा हालसम्म १७ जना पक्राउः अदालतबाट बयान लिन शुरू

१३ जेष्ठ २०८०, सारासन्देश समाचार– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरी सकेकाे छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाण्डाैंले बयान लिन थालेकाे छ । यसैबीच हिजाे  थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ ।

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ ।

प्रकरणमा १७ जना पक्राउ गरिएको छ । उनीहरूलाई अदालतमा बयान गराइनेछ । १३ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतबिरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ। यसैबीच यता खाटी भूटानी शरणार्थीकाे नाम बेच्ने गिराेहकाे छानविन गरी नाम वेचिएकारहरूलाइ न्याय दिन उनीहरूले माग गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमै हाइव्रेड मकै विऊ उत्पादनमा सफल बन्दै: गौरादहका किसानले ७ हेक्टरमा फलाए ५० लाखकाे विउ (फाेटाे फिचर)
Next post पौडी खेल्ने क्रममा डुवेर कमलका एक यूवाकाे मृत्यु