१ लाख ८४ हजारले लगाए पहिलाे चरणकाे खाेप

२५ माघ २०७७,काठमाडौं- पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २ सय १ खोप केन्द्रबाट एक लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयाे ।

खाेप प्रादेशिक विवरणा अनुसार प्रदेश नं १ मा २४ हजार २ सय २४, प्रदेश नं २ मा २५ हजार ६ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार ३ सय ८, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१, कर्णाली प्रदेशमा ९ हजार ४ सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जनाले खाेप लगाएका छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको हाे। खोप अभियान शनिबार सम्पन्न भएको छ। मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा पहिलाे पटक आलु महाेत्सव हुने
Next post म्यान्मारमा इन्टरनेट सेवा बन्द, सेना थप क्रुर बन्दै