लामाे काेराेना कहर पछि कमलमा पहिलाे पटक २२ जना लामा गुरूले १ लाख श्लोकको १६ वटा बुम ५ दिनसम्म पाठ

१ लाख श्लोकको १६ वटा बुम ५ दिनसम्म पाठ

२६ माघ २०७७/झापा
झापाको कमल गाउँपालिका वडा नं. ३ मा स्थानीय समूदायले बनाएको गुरुङ्ग गुम्बामा पहिलो पटक बुम पाठ गरिएको छ । गुरुङ्ग समूदायका अगुवा २२ जना लामा गुरुहरुको समूहले ५ दिन लगाएर एक लाख श्लोकको पुस्तक पढेर पूजा गर्ने काम साेमबार सम्पन्न भएको छ ।
गुरुङ्ग समूदायले चन्दा संकलन गरेर निर्माण गरेको साङ्गे छ्योइलिङ्ग तमु बौद्ध गुम्बामा प्रदेश नम्बर एकका केही जिल्लाका गुरुङ्ग अगुवा र संघसंगठनको सदस्य सहित ६ हजार धेरै मानिसहरुको उपस्थितिमा कार्याक्रम सम्पन्न भएको बुमपाठ कार्याक्रमका संयोजक राम गुरुङ्गले बताउनु भयो ।

पाठका मुख्य लामा गुरु साङ्गे लेकदेन भूपेन गुरुङ्गले गर्नु भएको छ । लामा गुरु गुरुङ्गका अनुसार ६ वटा पारमिताबाट क्लेश त्याग गरी बुद्धत्व प्राप्त गर्न प्रज्ञा पारमिता पाठ गर्ने गरिएको बताउनु भयो ।



५ दिनसम्म पाठ गरेर आज समापनमा वाङ्ग अर्थात पूजाको प्रसाद ग्रहण गर्ने कार्यक्रम भएको छ । कार्याक्रममा गुम्बालाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको छ ।
कमलमा पहिलो पटक गरिएको यो पाठले बौद्धमार्गीलाई मात्र नभई स्थानीय स्तरमा सवै धर्मावलम्भीहरुको एकता र सद्भाव साटासाटमा समेत टेवा पुगेकोेले ५ दिने बुम पाठ सफल भएको गुम्बाकी अध्यक्ष नन्दमाया गुरुङ्गले बताउनु भयो ।



लामो लकडाउनले धार्मिक गतिविधिहरु शून्य प्राय भएको अवस्थामा पछिल्लो केही समय यता केही गतिविधिहरु हुन थालेका छन् । यस्ता धार्मिक कार्याक्रमले समूदायबीच एकता र सदभाव जागृति गर्ने सामाजिक अगुवाहरु बताउँछन् ।

भिडियाे रिर्पाेट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १९४ निकाे हुँदा १३० संक्रमित
Next post भगीरथी काण्डः बलत्कार पछि घाँटी थिचेर हत्या