बरामद झण्डै एक सय किलाे सुनकाे परिक्षण पछि के हुन्छ अब?

५ साउन २०८०,काठमाडौँ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको झण्डै एक सय किलाे सुनकाे परीक्षण प्रक्रिया भने सुरु भइसकेकाे छैन ।  बुधबार राजस्व अनुसन्धान विभागले बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्‍याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने सुरु गरिसकेको छैन । पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना पटक–पटक दोहोरिएका छन् । भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायले अवैध सुन समात्ने गरेका छन् । राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पतिकाे रूपमा जाने गर्छ ।  तर सरकारले सुन आफैँ राख्ने नभई त्यो नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले सरकारी खातामा जम्मा गर्नु पर्ने हुन्छ ।

बरामद गरेर ल्याइएको वस्तु प्राविधिक परीक्षणपछि मात्रै कुन धातु, कस्तो गुणस्तरको र कति परिमाणमा छ भन्ने खुल्नेछ । परीक्षण भइसकेपछि कुन गुणस्तर को हो भनेर छुट्याइनेछ ।
अनुसन्धान प्रक्रिया टुंगिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ । यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिनु भएकाे छ । यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रुपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रुपमा रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चुलाचुली गाउँपालिकामा सिमल तरुल काण्डः शीर्षक अन्तर गरेर नरोपेको सिमल तरुलमा भ्रष्टचार गरेकाे आराेप
Next post एक सय केजी सुन तस्करीमा प्रक्राउ परेकालाई अनुसन्धान गर्न म्याद थप