गत बर्ष अलैंची निर्यातमा ४२ प्रतिशत बृद्धिः ८ अर्ब बढीकाे अलैंची निर्यात 

११ साउन २०८०/झापा
पूर्वी नाकामा रहेको मेची भन्सारबाट झण्डै साढे ६ अर्व मुल्यको फलफुल तथा तरकारी आयात भइरहँदा नेपालको अलैंची निर्यात पनि बढेको छ । मेची भन्सार नाका भएर निर्यात हुने मुख्य कृषि बस्तु अलैंचीको निर्यात गएको बर्षमा ४२ प्रतिशतले बृद्धि भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनु भयो ।


आर्थिक बर्ष २०७८/०७९ मा ५२ लाख ८० हजार ४ सय ४३ केजी अलैंची निर्यात भएको थियो । तर गत यो बृद्धि भइ गत वर्ष ९९ लाख ३१ हजार ५ सय ४ केजी अलैंची निर्यात भएको छ ।
गएको बर्ष निर्यात भएको अलैंचीको ढुवानी सहितको मुल्य ८ अर्व २४ करोड १५ लाख १३ हजारको रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुपारीको दुना टपरी बनाउँदै महिलाः उद्योग राखे पछि खेर जाने सुपारीको सुल्फाबाट समेत आम्दानी (फाेटाे फिचर)
Next post वर्तमान प्रेसकाे चुनाैतीः विश्वासनीय पत्रकारिताको विकासमा जोड दिनु पर्ने