वर्तमान प्रेसकाे चुनाैतीः विश्वासनीय पत्रकारिताको विकासमा जोड दिनु पर्ने

११ साउन २०८०/पर्वत तामाङ
मर्यादित र विश्वासनीय पत्रकारिताको विकासमा अव वास्तविक पत्रकारहरु एक स्थानमा हुनु पर्नेमा जोड दिइएको छ । प्रेस सेन्टर झापाको विहीबार विर्तामोडमा सम्पन्न विस्तार भेलाले अव पत्रकारितामा आउन थालेको विचलनलाई सुधार्दै विश्वासनीय पत्रकारिताको विकास लागि बढ्दो प्रविधिले जन्माएको चुनौतीलाई चिर्दै जानु पर्ने भेलाका बक्ताहरुले बताएका छन् ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्याक्रममा झापामा बसेर सक्रीय पत्रकारिता गर्दै आएका पत्रकारहरुको साझा संगठनको रुपमा विकास हुँदै गएको प्रेस सेन्टर नेपालले अव वास्तविक पत्रकारको परिचयमा थपिएको चुनौती चिर्न प्रविधिमैत्री पत्रकारिता पाठशाला संचालन गर्न विभिन्न उपसमिति समेत निर्माण गरिएको छ ।

प्रेस सेन्टरका केन्द्रिय सचिव तथा कार्याक्रमका प्रमुख अतिथि विमल लामिछानेले अव पत्रकारिताको विकास गर्ने हो भने प्रविधिमैत्री जनशक्तिको आवश्यकता भएकाले सोही अनुसार संगठनलाई चलयामान बनाउन जोड दिइएको बताउनु भयो ।
सेन्टरमा आबद्ध पत्रकारका हित र विकासमा जिल्ला देखि प्रदेश र केन्द्र समेतले छलफल तथा कार्याक्रम संचालनलाई जोड दिइएकाले जिल्लामा विस्तारित भेला गरिएको बताउनु भयो ।
भेलाले सेन्टरमा आवद्ध पत्रकार र संगठनको विकासका लागि उपसमिति समेत गठन गरेको छ । अनुशासन, आर्थिक, प्रशिक्षण र संगठन सुद्धिकरण तथा विस्तार गरी ४ वटा उपसमिति निर्माण गरेको कार्याक्रम संचालक सेन्टरका सचिव पुष्प खड्काले जानकारी दिनु भयो ।


समितिको संयोजकमा क्रमश लिलाराज झापाली, प्रकाश उप्रेती, डिकेश लामा र झुलन रेग्मी चयन हुनु भएको छ ।
कार्याक्रममा केन्द्रिय सदस्य लिलाराज झापाली, प्रदेश सदस्य आइपी भट्टराई, पुरस्कृत व्यक्तित्व पूर्व उपाध्यक्ष दिपक अधिकारी, पार्थ मण्डल, उद्धप पुरी, झुलन रेग्मी, डिकेश लामा लगायतले बोल्नेक्रममा अवको पत्रकारिताको विकासका लागि सूचनाको सिद्धान्त, मुल्य र मान्यतामा आधारित रहेर विश्वासनीय र समाज रुपान्तरणका लागि गरिनु पर्नेमा जोड दिएका छन् । भेलामा उपस्थित सदस्यहरुले समेत पत्रकारिताको सकरात्मक विकासका लागि अावश्यक शीप र दक्षता बृद्धि भए मात्र संगठनको विकासमा समेत टेवा पुग्ने सुझाव राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गत बर्ष अलैंची निर्यातमा ४२ प्रतिशत बृद्धिः ८ अर्ब बढीकाे अलैंची निर्यात 
Next post सर्वोच्च फैसलाले कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदरः ७ दिन भित्र मुख्यमन्त्री नियुक्ती गर्न आदेश