सरूवाकाे विषयमा झापा कारागारमा आगाे बालेर आन्दाेलनः कैदी बन्दीले गरे कारागार भित्रै ताेडफाेड
१९ साउन २०८०, झापा– कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा ताेडफाेड भएकाे छ । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा आज अपरान्ह २ बजे देखि विराेध गर्दै ढुङामुढा गरेर भित्रै आगाे बालेर विराेध गरे पछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरी अवस्था नियन्त्रणमा लिएकाे छ । कर्तव्य ज्यान मुद्धामा ७ बर्ष देखि झापा कारागारमा बन्दी जीवन भाेग्दै आएका लावतीलाइ सरूवा गर्न नहुँने भन्दै कैदीबन्दीले ताेडपफाेड र भित्रै मुढा बुन्न प्रयाेग हुने टायर र बाँस बालेर विराेध गरेका थिए । विराेधमा उत्रिएका कैदीबन्दीलाइ नियन्त्रण गर्न खाेज्दा ढुङा प्रहारबाट कारागारकाे नयाँ भवनकाे सिसा, कारागारमा प्रयाेग गरिने गाडी, सुरक्षाका लागि घेराबारामा लगाएकाे हेलाेजिन लाइट र सुरक्षाकर्मीकाे केही माेटरसाइकल समेतमा क्षति पुगेकाे झापा जिल्ला कारागारका जेलर माेहनलाल पनेरूले सारासन्देशलाई जानकारी दिनु भयाे । पनेरूका अनुसार स्थिति नियन्त्रण भन्दा बाहिर गए पछि प्रहरीकाे टाेली आएर नियन्त्रणमा आएकाे छ ।
यता विराेध गर्दै कारागार भित्रै आन्दाेलनमा उत्रिएकाे अवस्थालाइ नियन्त्रण गर्न प्रहरीले ७ राउण्ड हवाइ पफायर र ७ राउण्ड अश्रुग्याँस प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनु भयाे । रिजालका अनुसार साँझसम्म सवै नियन्त्रण भएकाे र काेही पनि घाइते नभएकाे बताउनु भयाे । कैदी बन्दीले आन्दाेलन गर्दै भित्रै टायर बाले पछि आगजानी भएकाे भन्दै दमकल समेत पुगेकाे थियाे । तर भवनमा आगजानी नभइ विराेध गर्दै कैदीबन्दीले मुढा बनाउन प्रयाेग हुने बाँसका सामान र टायर बालेकाे बताउनु भयाे । सरूवा गर्ने भनिएका शिवसताक्षी नगरपालिका झिलझिलेका लावतीलाई कारागार भित्रै लगिएकाे छ । हाल कारागारमा १ हजार ४ सय ६४ पुरूष र ८५ महिला रहेकाेमा सवै सकुसल रहेकाे जेलर पनेरूले जानकारी दिनु भयाे ।