प्रतिबन्धित र अवैध औषधी सहित ४ जना पक्राउ

२१ साउन २०८०/झापा
अवैध औषधी सहित झापाको दमकबाट पक्राउ परेका ३ जनालाई आज औषधी विभाग विराटनगर पठाइएको छ । प्रक्राउ पर्नेमा दमक वडा नं. ७ का २६ बर्षीय दिपेश खड्का, ३३ बर्षीय रोशनकुमार शाह र दानाबारी घरभई हाल दमक वडा नं. ८ मा बस्ने २६ बर्षीय संजिव सुवेदी रहेका छन् । उनीहरुको साथबाट दुखाइ कम गर्न प्रयोग हुने तर लागु औषध प्रयोगकर्ताले समेत प्रयोग गरिने ट्रामाडोल हाइड्रोक्लोरिक क्याम्सुल र स्पासपेन नामक औषधी १५ हजार ५ सय ६० क्याप्सुल फेला पारिएको छ । विना इजाजत ठूलो परिमाणमा औषधी विक्री गरिएको भन्ने सूचनाको आधारमा प्रकाऊ परेकाहरुले प्रयोग गर्ने प्र. १–०१–०१२ प ८३३५ नम्बरको स्कूटी समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै खुल्ला नाकाबाट साइकलको ह्याण्डीलमा लुकाएर ल्याउदै गरेको अवस्थामा प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । इलामको माङसेबुङ गाउँपालिका वडा नं. ९ का ३० बर्षीय युवराज लिम्बुलाई भारतीय सिमा झापा गाउँपालिका वडा नं. ४ सुकुम्बासी बस्तीबाट शनिबार पक्राउ गरिएको हो । निजको साथबाट २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुःखद खबरः गाईमा ठाेकिएर भारतमा भएकाे कार दुर्घटनामा ६ नेपालीकाे मृत्यु
Next post सुन तस्करी काण्ड अव अनुसन्धान गर्ने जिम्मा सीआइवी माथि